पौडेल समूहले आज पनि साझा उम्मेदवार तय गर्न सकेन, भोलि फेरि बैठक बस्ने « Khabarhub

पौडेल समूहले आज पनि साझा उम्मेदवार तय गर्न सकेन, भोलि फेरि बैठक बस्ने


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूह बुधबार पनि असफल भएको छ । गत आइतबारयता लगातार सभापतिका आकांक्षी र नेताहरुबीच छलफल भए पनि साझा उम्मेदवार टुंगो लगाउन नसकेको हो ।

बुधबार गणेशमान भवन चाक्सीबारीमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालासहित केन्द्रीय नेताहरुको बैठक भएको थियो ।

सो बैठकले उम्मेदवार तय गर्न नसकेको हो । बैठकपछि केन्द्रीय सदस्य गुरुराज घिमिरेले साझा उम्मेदवार नटुंगिएको जानकारी दिए । उनले विहीबार बिहान ८ बजे फेरि बैठक बसेर उम्मेदवार टुंग्याइने बताए ।

विहीबार सभापतिका आकांक्षीबाहेकका नेताहरुको बैठक बसेर निष्कर्ष दिइने र सोहीअनुसार उम्मेदवार फाइनल हुने उनले बताए । बुधबार बिहान आकांक्षीबाहेकका नेताहरुको बैठक बसेको थियो । त्यसपछि चाक्सीबारीमा आकांक्षीसहित बैठक बसेको थियो । तर, यी बैठकमा कुनै प्रगति भएन ।

 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ६ : ४० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा