हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाध्यक्षसहित १३ जनाको मृत्यु (भिडियो) « Khabarhub

हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाध्यक्षसहित १३ जनाको मृत्यु (भिडियो)


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय सेनाध्यक्ष (चीफ अफ डिफेन्स स्टाफ) जर्नेल विपिन रावतसहित १३ जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । भारतीय वायु सेनाले जर्नेल रावत, उनकी श्रीमतीसहित १३ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

सो हेलिकोप्टरमा रहेका १४ जनामध्ये १३ जनाको मृत्यु भएको छ । सो हेलिकोप्टरमा जर्नेल रावत, उनकी श्रीमती र सेनाका उच्च अधिकारी रहेको बताइएको छ । रक्षामन्त्री राजनाथ सिंहले जर्नेल रावतका परिवारसँग भेट गरेका छन् ।

भारतीय सेनाको एमआई सिरिज हेलिकप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।

इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ७ : ०८ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु