कांग्रेस महाधिवेशनमा आचार संहिता : भोट खसाल्न जाँदा मोबाइल लैजान नपाइने, व्यानर राखे हटाइने « Khabarhub

कांग्रेस महाधिवेशनमा आचार संहिता : भोट खसाल्न जाँदा मोबाइल लैजान नपाइने, व्यानर राखे हटाइने


२२ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गरेको छ ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा उम्मेदवार रहेका केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकहरुले आचारसंहिता पालना गर्नुपर्ने जनाइएको छ ।

आफ्नो उम्मेदवारीको प्रचार प्रसार गर्दा भिजिटिङ्ग कार्ड र सामान्य अपील वितरण गर्न सकिने आचार संहितामा उल्लेख गरिएको छ ।

कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार प्रसार गर्न पाइने छैन भने मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्न आग्रह गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुर र राष्ट्रिय सभा गृह, भृकुटी मण्डप, प्रदशनी मार्ग, यी दुई स्थान पार्टीको महाधिवेशनसंग सम्वन्धित स्थल रहेकोले उक्त दुई स्थानहरुको वरिपरि ५०० मिटर क्षेत्रभित्र निर्वाचनसंग सम्वन्धित कुनै पनि प्रकारको प्रचार सामग्री व्यानर, भित्तेलेखन, पोष्टर, तुल, पम्लेट इत्यादी टास्न एवं माइकिङ्ग गर्न समेत मनाही गरिएको र यस प्रकारका प्रचार सामाग्री उक्त निषेधित क्षेत्रभित्र टाँसिएको, राखिएको देखिएमा केन्द्रीय निर्वाचन समितिले हटाउने व्यहोरा आचार संहितामा उल्लेख गरिएको छ ।

निर्वाचनको क्रममा शान्ति सुव्यवस्था कायम गर्न गराउन र शान्तिपूर्वक मतदानमा संयमित भएर भाग लिन सवै महाधिवेशन प्रतिनिधिहरुलाई अनुरोध गर्दै मतदानस्थलभित्र भृकुटी मण्डप र राष्ट्रिय सभा गृह प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने कांग्रेस केन्द्रीय निर्वाचन समितिको आचार संहितामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ८ : ५५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक