लिभरपुल एफए कपको चौथो चरणमा « Khabarhub

लिभरपुल एफए कपको चौथो चरणमा


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लिभरपुल एफए कप फुटबलको चौथो चरण प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा एस्टन भिल्लालाई ४-१ ले पराजित गर्दै लिभरपुल चौथो चरणमा पुगेको हो ।

युथ टिम मैदान उतारेको एस्टनविरुद्ध लिभरपुलले सुरुवातबाटै पकड जमाएको थियो ।

खेलको चौंथो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए । खेलको ४१औँ मिनेटमा एस्टनका बारीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

खेलको ६०औँ मिनेटमा जर्जियानो विज्ननाल्डमले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३-१ को अग्रता दिलाए ।

६५औँ मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई ४-१ को जित दिलाए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ७ : २५ बजे

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ