चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधिन मुद्दा प्रभावित पार्ने गरी गति छाडे- सूर्य थापा « Khabarhub

चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधिन मुद्दा प्रभावित पार्ने गरी गति छाडे- सूर्य थापा


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चार  पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने गरी वक्तव्यवाजी गरेर गति छाडेको टिप्पणी गरेका छन् ।

शुक्रबार चार पूर्वप्रधानन्यायाधीशहरू मीनवहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जनाएपछि थापाले उनीहरूको कदममा विचाराधिन मुद्दालाई प्रभावित पार्ने दुरासयबाट प्रेरित भएको बताएका हुन् ।

पूर्वप्रधानन्यायाधीशको वक्तव्यलाई थापाले असंवैधानिक भएको टिप्पणी पनि गरेका छन् ।

उनले संविधानको भाग ११ न्यायपालिका सम्बन्धी व्यवस्थाको बर्खिलापमा यो वक्तव्य आएको उल्लेख गरेका छन् । यसले भिडको चाहना अनुसार फैसला गर्न प्रेरित गरेको प्रष्ट हुने उनको भनाइ छ ।

थापाले स्वतन्त्र न्यायपालिकाको मर्याद र सम्मान अभिवृद्धि गर्नका निम्ति अवकाशको जीवनमा यो काम गर्नु गतल भएको बताउँदै फेसबुकमा लेखेका छन्, ‘कमसेकम सम्मानित सर्वोच्च  अदालतको नेतृत्व गरिसक्नुभएका महाशयहरूले यसरी गति नछाडिदिए मात्रै पनि स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिवृद्धि गर्न अवकाशको जीवनमा समेत सकारात्मक योगदान गरेको ठहरिन्थ्यो होला ।’

रिटायर्ड प्रधानन्यायाधीशहरूले संवैधानिक इजलाशले  गरिरहेको सुनुवाइलाई प्रभावित गर्न जारी गरेको संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसाबले पूर्णतः गलत भएको उनले उल्लेख गरेका छन् ।

नेपालकाे संविधान सेवानिवृत चार जना पूर्व प्रधानन्यायाधीशहरूले लेखेकाे हाेइन । याे त जनताका प्रतिनिधिहरूले लेखेकाे…

Posted by Surya Thapa on Friday, January 8, 2021

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ८ : ५५ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र