साउदीका राजा सलमानले पनि लगाए कोरोनाविरूद्धको खोप « Khabarhub

साउदीका राजा सलमानले पनि लगाए कोरोनाविरूद्धको खोप


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीज अल सउदले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यसघि त्यहाँका राजकुमार लगायत अन्य बिशिस्ट अधिकारीहरुले खोप लगाईसकेका छन् ।

महामारीको सुरुदेखि अहिलेसम्म नागरिकहरुलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेर सहयोग पुर्‍याएकोमा राजा सलमानलाई त्यहाँका स्वास्थ्य मन्त्री डा. तौफिक बिन फौजान अल रबियाहले धन्यवाद दिएका छन् ।

यस्तै साउदीले कोरोना भ्याक्सिन लिएकाहरूलाई ‘हेल्थ पासपोर्ट’ जारी गर्ने भएको छ । त्यहाँ अहिलेसम्म १ लाख ३७ हजार जनाले भ्याक्सिन लगाईसकेका छन भने दशौं लाखले भ्याक्सिनका लागि नाम दर्ता गराएका छन् ।

त्यहाँ हालैका दिनहरूमा नयाँ संक्रमितको संख्या सय भन्दा कम हुने गरेको छ । साउदीमा कार्यरत नेपालीसहित अन्य आप्रवासी कामदारहरुलाई पनि यो खोप नि: शुल्क रुपमा लगाईरहेका छन् ।

 

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : १० बजे

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य