पश्चिमी वायुको सामान्य प्रभाव कायमै, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान « Khabarhub

पश्चिमी वायुको सामान्य प्रभाव कायमै, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको सामान्य प्रभावले आज पनि तराइका भू-भागमा हुस्सु लागेको छ ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धरैजसो  स्थानहरुमा हुस्सु लागेको छ ।

अझै पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा प्रदेश १ को  पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हुस्सु लागेर बादल पनि ढाकिएकाले देशका अधिकांश स्थानको तापक्रम भने बढेको छ । महाशाखाका अनुसार आज विहान ८:४५ को मापनअनुसार धनगढीको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तै भैरहवाको १०.३ डिग्री सेल्सियस, विराटनगरको १२.४, नेपालगञ्जको ११.७, काठमाडौँको ४.५ तथा सबैभन्दा कम जुम्लाको माइनस तीन डिग्री सेल्सियस मापन गरिएको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

पौष २५ गते (शनिबार)

दिउँसो : प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १,  प्रदेश नं २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष २६ गते (आइतबार)

दिउँसो : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

 पौष  गते (सोमबार)

दिउँसो : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही  अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : प्रदेश १ मा आंशिकदेखि सामान्य  बदली  रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : ४५ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर