पहिरो पीडितको आवास पुनःनिर्माणका लागि जग्गा व्यवस्थापन | Khabarhub Khabarhub

पहिरो पीडितको आवास पुनःनिर्माणका लागि जग्गा व्यवस्थापन


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन भएको छ ।

गत असार २५ र २६ गतेको पहिरोका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि वडा कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सङ्कलित रकमबाट २१ रोपनी जग्गा व्यवस्थापन भएको हो ।

वडाध्यक्ष राजाराम सुवेदीले थप छ रोपनी जग्गा प्राप्तिको प्रक्रियामा रहेको बताए । आरबाङको अस्कारेमा १२ रोपनी र राम्चेमा ११ रोपनी जग्गा खरीद गरिएको सुवेदीले बताए ।

‘वडास्तरको विपद् व्यवस्थापन कोषमा स्वदेश तथा विदेशमा रहेका व्यक्ति र दाताले गरेको सहयोगबाट पहिरो पीडितको आवास निर्माणका लागि जग्गा खरीद गरिएको हो’, वडाध्यक्ष सुवेदीले भने, ‘भारतमा रहेका जग्गादाता आएपछि राम्चेमा थप छ रोपनी जग्गा प्राप्तिको काम सकिन्छ ।’

प्रतिरोपनी रु दुई लाखका दरले जग्गा खरीद गरिएको छ । १० आनाभन्दा कम जग्गा दाताले निःशुल्क दिएका छन् । करीब रु ६० लाख सङ्कलन भएको कोषबाट जग्गा खरीदमा रु ३८ लाख ५० हजार खर्च भएको छ ।

टेलिभिजन कार्यक्रम इन्देणी समूहले उपलब्ध गराएको रु २७ लाख पनि कोषमा राखिएको थियो ।

स्वदेश तथा विदेशमा भएका मराङवासीले कोषमा सहयोग जुटाएका हुन् । मराङको राम्चे, रिखा, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा पहिरोका कारण १९ जनाको मृत्यु र दुई जना बेपत्ता भएका थिए । तेइस वटा घर पहिरोमा पुरिएका र बगेका थिए । कुम्रीस्थित वडा कार्यालय रहेको सामुदायिक भवन पनि पहिरोले बगाएको थियो ।

व्यवस्थापन गरिएको जग्गामा सडक पुर्‍याएर सम्माउने तयारी गरिएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले मराङमा १० वटा घर निर्माण गर्ने जनाएको छ ।

तीन वटा घर र एक वटा शौचालयसहितको घर निर्माणमा रु पाँच लाख खर्च हुने लागत अनुमान तयार पारिएको छ । बाँकी घर निर्माणका लागि पनि स्रोतको खोजी गरिएको छ ।

धौलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पहिरो पीडितको निजी आवास पुनःनिर्माणका लागि रु ४८ लाख विनियोजन गरेको छ ।

धौलागिरिको धारापानी, ताकम, आटेबिर र काफलडाडाँमा पनि पहिरोले क्षति पुर्‍याएको थियो । गाउँपालिकाले विनियोजन गरेको बजेट कसरी परिचालन गर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।

गत बर्खाको पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सिफारिस गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ८१ वटा बस्तीका घर स्थानान्तरण गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको बताए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ०० बजे

नेपालमा अपार सम्भावना छ, विदेश जानुपर्दैन : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा तथा

प्रतिपक्षीको विरोधपछि मधेस प्रदेशसभा अवरुद्ध

जनकपुर– मधेस प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलको विरोधका कारण अवरुद्ध

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक