पहिरो पीडितको आवास पुनःनिर्माणका लागि जग्गा व्यवस्थापन « Khabarhub

पहिरो पीडितको आवास पुनःनिर्माणका लागि जग्गा व्यवस्थापन


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङका पहिरो पीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन भएको छ ।

गत असार २५ र २६ गतेको पहिरोका कारण घरवास गुमाएकाको पुनःस्थापनाका लागि वडा कार्यालयले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा सङ्कलित रकमबाट २१ रोपनी जग्गा व्यवस्थापन भएको हो ।

वडाध्यक्ष राजाराम सुवेदीले थप छ रोपनी जग्गा प्राप्तिको प्रक्रियामा रहेको बताए । आरबाङको अस्कारेमा १२ रोपनी र राम्चेमा ११ रोपनी जग्गा खरीद गरिएको सुवेदीले बताए ।

‘वडास्तरको विपद् व्यवस्थापन कोषमा स्वदेश तथा विदेशमा रहेका व्यक्ति र दाताले गरेको सहयोगबाट पहिरो पीडितको आवास निर्माणका लागि जग्गा खरीद गरिएको हो’, वडाध्यक्ष सुवेदीले भने, ‘भारतमा रहेका जग्गादाता आएपछि राम्चेमा थप छ रोपनी जग्गा प्राप्तिको काम सकिन्छ ।’

प्रतिरोपनी रु दुई लाखका दरले जग्गा खरीद गरिएको छ । १० आनाभन्दा कम जग्गा दाताले निःशुल्क दिएका छन् । करीब रु ६० लाख सङ्कलन भएको कोषबाट जग्गा खरीदमा रु ३८ लाख ५० हजार खर्च भएको छ ।

टेलिभिजन कार्यक्रम इन्देणी समूहले उपलब्ध गराएको रु २७ लाख पनि कोषमा राखिएको थियो ।

स्वदेश तथा विदेशमा भएका मराङवासीले कोषमा सहयोग जुटाएका हुन् । मराङको राम्चे, रिखा, कल्लेनी, ठूलोगाउँ र कुम्रीमा पहिरोका कारण १९ जनाको मृत्यु र दुई जना बेपत्ता भएका थिए । तेइस वटा घर पहिरोमा पुरिएका र बगेका थिए । कुम्रीस्थित वडा कार्यालय रहेको सामुदायिक भवन पनि पहिरोले बगाएको थियो ।

व्यवस्थापन गरिएको जग्गामा सडक पुर्‍याएर सम्माउने तयारी गरिएको छ । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले मराङमा १० वटा घर निर्माण गर्ने जनाएको छ ।

तीन वटा घर र एक वटा शौचालयसहितको घर निर्माणमा रु पाँच लाख खर्च हुने लागत अनुमान तयार पारिएको छ । बाँकी घर निर्माणका लागि पनि स्रोतको खोजी गरिएको छ ।

धौलागिरि गाउँपालिकाले विशेष गाउँसभाबाट पहिरो पीडितको निजी आवास पुनःनिर्माणका लागि रु ४८ लाख विनियोजन गरेको छ ।

धौलागिरिको धारापानी, ताकम, आटेबिर र काफलडाडाँमा पनि पहिरोले क्षति पुर्‍याएको थियो । गाउँपालिकाले विनियोजन गरेको बजेट कसरी परिचालन गर्ने भन्ने टुङ्गो लागिसकेको छैन ।

गत बर्खाको पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सिफारिस गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ८१ वटा बस्तीका घर स्थानान्तरण गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको बताए ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ०० बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका