गौरादहको विपन्न बस्तीमा पुग्यो शुद्ध खानेपानी « Khabarhub

गौरादहको विपन्न बस्तीमा पुग्यो शुद्ध खानेपानी

घरमा धारा जोडेपछि खुसी भए स्थानीय



झापा– झापाको गौरादह नगरपालिका वडा नं २ की लट्टुमर्ई मूर्मूले आफ्नो घरमा पनि खानेपानीको धारा जोडिएला भन्ने सोचेकै थिईनन् ।

मजदुरी गरेर परिवार चलाउँदै आएकी उनी ट्युवेलको खियायुक्त पानी उपयोग गर्न पाउनुनै ठुलो कुरा ठान्थिन् । तर अहिले उनको घरमा पनि धारा जोडिएको छ ।

जेनतेन गरेर कमाएको पैसाले घर खर्च चलाउन धौ धौ परेकाले खानेपानीको धारा जडान गरेर पानी उपभोग गर्न पाइएला भन्ने नसोचेको मूर्मूले बताईन् । खानेपानीको धारा जडान गरेर पानी प्रयोग गर्न थालेपछि शुद्ध पानी पिउन पाउनुका साथै कपडा पहेँलो हुने समस्याको अन्त्य भएको उनको अनुभव छ ।

खानेपानी समितिले निःशुल्क मिटर दिएपछि उनले पनि घरमा धारा जोड्ने हिम्मत गरेकी हुन् । खानेपानी संस्थाले मिटर उपलब्ध गराए पनि धारा जडानका लागि आवश्यक पर्ने पाइप तथा अन्य सामग्री भने सम्वन्धित घर परिवारलेनै खर्च गर्नुपर्छ । यसअघि ट्युवेलको पानी चलाई रहेकालाई थोरै लागतमा धारा जडान गर्न पाउँदाखुसी लागे पनि अझै सन्थाल तथा अन्य विपन्न र पिछडिएको अवस्थामा रहेकाहरुले यही सुविधाको पनि उपयोग गर्न सकेका छैनन् ।

मजदुरी गरेर जीविको पार्जन गर्दै आएका बिपन्न परिवारलाई दुई छाक टार्न समस्या भएकाले शुद्ध पिउने पानीको अभाबमा ट्युवेलको पानी पिउदै आएका थिए । दैनिक ज्यालादारी गरेर दुई छाक टार्ने बिपन्न परिवार निःशुल्कमा खानेपानीको मिटर पाएर धारा जडान गरी पानी पिउन पाउँदा हर्षित भएका छन् ।

नि:शुल्क मिटर
खानेपानी तथा उपभोक्ता समिति गौरादहले गरिब तथा बिपन्न परिवारलाई निःशुल्क धारा जडान गरिदिएपछि शुद्ध पिउने पानी उपभोग गर्न पाएका हुन् ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादहले वडा कार्यालयहरुसँग समन्वय गरी सुकुम्बासी परिवारलाई पानी पिउने व्यवस्था मिलाएको हो । उपभोक्ता समितिले पहिलो चरणमा नगरपालिका भित्रका वडा नं– १, २ र ३ भित्र बसोबास गरेका सुकुम्बासी परिवारलाई धारा बितरण गरेको छ ।

धारा जडानका लागि मिटर खरिद गर्न वडा कार्यालयले प्रति घरपरिवार २ हजार ५ सय उपलब्ध गराएपछि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले धारा जडान गरेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बाबुराम भण्डारीले जानकारी दिए ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वडा नं १, २ र ३ भित्र ५ सय १७ गरिब तथा विपन्न घरपरिवारलाई खानेपानी उपलब्ध गराएको छ । उपभोक्ता समितिले खानेपानीको धारा जडान गरेपछि वडा नं १ मा १ सय ९४, वडा नं २ मा १ सय २३ र वडा नं ३ मा २ सय गरिब तथा विपन्न घरपरिवार लाभान्वित भएको खानेपानी उपभोक्ता समितिका सचिव डण्डीराज घिमिरेले जानकारी दिए ।

३ हजार परिवारलाई धारा
खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादहले सेवा क्षेत्र भित्र खानेपानी विस्तार गर्ने कार्यलाई निरन्तरता दिएको छ । समितिले यस वर्ष सेवा क्षेत्र भित्र ३ हजार २८ घरपरिवारलाई खानेपानीको धारा जडान गरेको छ ।

शुद्ध खानेपानीबाट बन्चित भएका नगरबासीलाई समितिले क्रमशः पाइप विस्तार गरी धारा जडान कार्यलाई निरन्तरता दिँदै सबै नागरिकलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने लक्ष्य लिएको सचिव घिमिरेको भनाइ छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १२ : २० बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका