गौरादहको विपन्न बस्तीमा पुग्यो शुद्ध खानेपानी « Khabarhub

गौरादहको विपन्न बस्तीमा पुग्यो शुद्ध खानेपानी

घरमा धारा जोडेपछि खुसी भए स्थानीय



झापा– झापाको गौरादह नगरपालिका वडा नं २ की लट्टुमर्ई मूर्मूले आफ्नो घरमा पनि खानेपानीको धारा जोडिएला भन्ने सोचेकै थिईनन् ।

मजदुरी गरेर परिवार चलाउँदै आएकी उनी ट्युवेलको खियायुक्त पानी उपयोग गर्न पाउनुनै ठुलो कुरा ठान्थिन् । तर अहिले उनको घरमा पनि धारा जोडिएको छ ।

जेनतेन गरेर कमाएको पैसाले घर खर्च चलाउन धौ धौ परेकाले खानेपानीको धारा जडान गरेर पानी उपभोग गर्न पाइएला भन्ने नसोचेको मूर्मूले बताईन् । खानेपानीको धारा जडान गरेर पानी प्रयोग गर्न थालेपछि शुद्ध पानी पिउन पाउनुका साथै कपडा पहेँलो हुने समस्याको अन्त्य भएको उनको अनुभव छ ।

खानेपानी समितिले निःशुल्क मिटर दिएपछि उनले पनि घरमा धारा जोड्ने हिम्मत गरेकी हुन् । खानेपानी संस्थाले मिटर उपलब्ध गराए पनि धारा जडानका लागि आवश्यक पर्ने पाइप तथा अन्य सामग्री भने सम्वन्धित घर परिवारलेनै खर्च गर्नुपर्छ । यसअघि ट्युवेलको पानी चलाई रहेकालाई थोरै लागतमा धारा जडान गर्न पाउँदाखुसी लागे पनि अझै सन्थाल तथा अन्य विपन्न र पिछडिएको अवस्थामा रहेकाहरुले यही सुविधाको पनि उपयोग गर्न सकेका छैनन् ।

मजदुरी गरेर जीविको पार्जन गर्दै आएका बिपन्न परिवारलाई दुई छाक टार्न समस्या भएकाले शुद्ध पिउने पानीको अभाबमा ट्युवेलको पानी पिउदै आएका थिए । दैनिक ज्यालादारी गरेर दुई छाक टार्ने बिपन्न परिवार निःशुल्कमा खानेपानीको मिटर पाएर धारा जडान गरी पानी पिउन पाउँदा हर्षित भएका छन् ।

नि:शुल्क मिटर
खानेपानी तथा उपभोक्ता समिति गौरादहले गरिब तथा बिपन्न परिवारलाई निःशुल्क धारा जडान गरिदिएपछि शुद्ध पिउने पानी उपभोग गर्न पाएका हुन् ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादहले वडा कार्यालयहरुसँग समन्वय गरी सुकुम्बासी परिवारलाई पानी पिउने व्यवस्था मिलाएको हो । उपभोक्ता समितिले पहिलो चरणमा नगरपालिका भित्रका वडा नं– १, २ र ३ भित्र बसोबास गरेका सुकुम्बासी परिवारलाई धारा बितरण गरेको छ ।

धारा जडानका लागि मिटर खरिद गर्न वडा कार्यालयले प्रति घरपरिवार २ हजार ५ सय उपलब्ध गराएपछि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले धारा जडान गरेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बाबुराम भण्डारीले जानकारी दिए ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वडा नं १, २ र ३ भित्र ५ सय १७ गरिब तथा विपन्न घरपरिवारलाई खानेपानी उपलब्ध गराएको छ । उपभोक्ता समितिले खानेपानीको धारा जडान गरेपछि वडा नं १ मा १ सय ९४, वडा नं २ मा १ सय २३ र वडा नं ३ मा २ सय गरिब तथा विपन्न घरपरिवार लाभान्वित भएको खानेपानी उपभोक्ता समितिका सचिव डण्डीराज घिमिरेले जानकारी दिए ।

३ हजार परिवारलाई धारा
खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गौरादहले सेवा क्षेत्र भित्र खानेपानी विस्तार गर्ने कार्यलाई निरन्तरता दिएको छ । समितिले यस वर्ष सेवा क्षेत्र भित्र ३ हजार २८ घरपरिवारलाई खानेपानीको धारा जडान गरेको छ ।

शुद्ध खानेपानीबाट बन्चित भएका नगरबासीलाई समितिले क्रमशः पाइप विस्तार गरी धारा जडान कार्यलाई निरन्तरता दिँदै सबै नागरिकलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने लक्ष्य लिएको सचिव घिमिरेको भनाइ छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १२ : २० बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा