सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट « Khabarhub

सप्तरीमा आगलागीबाट तीन घर जलेर नष्ट


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ स्थित लोखरम टोलमा आगलागीमा परी गाईगोठसहित तीन घर जलेर नष्ट भएको छ ।

स्थानीय राजदेव सुतिहारको गाईगोठमा लागेको आगोले उहाँको गाईगोठ पूर्ण रुपमा जलेको छ । अचानक लागेको आगोले सुतिहारको गाईगोठका साथै छिमेकी गोसाईं सुतिहार र कृष्णा सुतिहारको एक/एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट नगदजिन्सी, खाद्यन्न, लताकपडालगायत रु १५ लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पीडितको भनाइ छ । यस्तै सोही आगलागीमा परि सात वटा पशुचौपाया जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगोलाई राजविराज नगरपालिकाको बारुणयन्त्र, सशस्त्र र नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

सो टोलमा गत पुस ११ गते सोनाई सुतिहार तथा महावीर साहको घरमा आगलगी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  १० : ०० बजे

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड