गोरखाबाट हिँडेको एकीकरण पदयात्राको टोली भोलि काठमाडौँ आइपुग्ने « Khabarhub

गोरखाबाट हिँडेको एकीकरण पदयात्राको टोली भोलि काठमाडौँ आइपुग्ने


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुस २१ गते गोरखा दरबारबाट शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्राको टोली भोलि (आइतबार) काठमाण्डौ आइपुग्ने भएको छ ।

पृथ्वीनारायण शाह हिँडेको बाटो हुँदै गोरखाबाट हिँडेको नेपाली सेनाको टोली आइतबार बेलुकी ५ बजे हनुमान ढोका दरबार आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

नुवाकोटको ककनीबाट हिँडेको टोली पाँचमाने हुँदै बिहान तीनपिप्ले आइपुग्नेछ । त्यहाँ पालिका तथा स्थानीयवासीद्वारा पञ्चेबाजा एवं झांकीसहित स्वागत गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि नेपाली सेनाको टोली पृथ्वीनारायण विद्यालय बालाजू बाइपास, सोह्रखुट्टे, नरदेवी हुँदै हनुमानढोका दरबार पुग्ने कार्यक्रम रहेको छ ।

हनुमानढोका दरबारमा पदयात्रा टोलीलाई पालिकाका प्रतिनिधि, गुठी, क्लबहरु, सर्वसाधारण लगायतले स्वागत गर्नेछन् ।

साँझ श्री शम्शेरदल गणले हनुमानढोकामा तैनाथ श्री शार्दुलजंङ्ग गुल्मलाई सैनिक ड्रिलको प्रदर्शनसहित राष्ट्रिय झण्डा, टर्च तथा पृथ्वीनारायण शाहले बनाएका सेनाका ५ वटा कम्पनीका झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ११ : ३० बजे

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ६४१ सवारीचालक चालकलाई

जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा

जुम्ला– खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले चालु आर्थिक वर्षभित्रमा

विश्वकपका सुरुवाती दुई खेलमै कीर्तिमानको वर्षा: मेसी, एम्बाप्पे र हालान्डबीच गोलको दौड

काठमाडौँ – फिफा विश्वकप २०२६ मा आधुनिक फुटबलका महान् स्ट्राइकरबीचको

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा