२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?


२५ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको जानकारी दिएको छ । जसमा गत २४ घण्टामा ३६२ जना संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितमध्ये प्रदेश १ को इलाममा १, झापामा ४ र सुनसरीमा १ जना रहेका छन ।

बागमती प्रदेशको काठमाडौंमा १५३, काभ्रेमा ६, चितवनमा १७, दोलखामा १, धादिङमा ३, नुवाकोटमा २, भक्तपुरमा १८, मकवानपुरमा ६, रसुवामा १, रामेछापमा ३, ललितपुरमा २३ र सिन्धुपाल्चोकमा ६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १५, गोरखामा ३, तनहुँमा १, नवलपरासीमा १ र लमजुङमा १ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा १, दाङमा ४, नवलपरासीमा १, पाल्पामा ३, प्युठानमा २, बर्दियामा १, बाँकेमा १५ र रुपन्देहीमा १८ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी कर्णाली प्रदेशको दैलेखमा ३, सल्यानमा १ र सुर्खेतमा ४ जनामा कोरोना पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ५, कञ्चनपुरमा १३, कैलालीमा १८, डोटीमा २, बझाङमा ३ र बाजुरामा १ जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ११ : १० बजे

ट्रकले ठक्कर दिँदा काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

काभ्रे – अरनीको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका– ६ केराघारीमा ट्रकको

गण्डकी प्राविधिक प्रतिष्ठानलाई सवा अर्ब अनुदान

काठमाडौं– दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार

सूचना नपाएको सूचना अधिकारीकै गुनासो

खोटाङ– खोटाङका जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र