संरक्षित क्षेत्र विस्तारको तयारीमा सरकार « Khabarhub

संरक्षित क्षेत्र विस्तारको तयारीमा सरकार


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले संरक्षित क्षेत्र विस्तार गर्ने तयारी गरिरहेको छ । मध्यपहाडी क्षेत्रमा संरक्षित क्षेत्र विस्तार गरेर वन्यजन्तु जोगाउन र पर्यापर्यटन विकासका लागि संरक्षित क्षेत्रको क्षेत्रफल बढाउने तयारी भएको हो ।

हिमाली क्षेत्र र तराई भूभागमा संरक्षित क्षेत्र विस्तार भए पनि पहाडी क्षेत्रमा भने शिवपुरी राष्ट्रिय निकुञ्जमात्रै छ । पहाडी क्षेत्रमा पनि संरिक्षत क्षेत्र विस्तार गरेर पर्यापर्यटन बढाउने सरकारको नीति रहेको छ ।

संरक्षित क्षेत्र विस्तार भएपछि वन पैदावार प्रयोगमा प्रतिबन्ध लाग्ने भन्दै उनीहरूले विरोध गरेका हुन् ।

प्राकृतिक स्रोतको उपभाग गर्न पाउने गरी खुकुलो कानुनी व्यवस्थामा टेकेर संरक्षित वनको रुपमा विस्तार गर्न भन्ने विषयमा छलफल भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

विभागका पूर्व महानिर्देशक गोपालप्रकाश भट्टराईले संरक्षित क्षेत्र सकेसम्म बढाउन सके धेरै राम्रो हुने बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार १० ओटा राष्ट्रिय निकुञ्ज, तीन वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र छ संरक्षण क्षेत्र रहेका छन् ।

नेपालको भू–भागको २३.३९ प्रतिशत अर्थात ३४ हजार ४ सय २० वर्गकिलोमिटर संरक्षण क्षेत्रले ओगटेको सरकारी तथ्यांकले बताएको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ९ : ४० बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको