‘लप्पन छप्पन २’मा सौगात ‘सुपरस्टार’ ? « Khabarhub

‘लप्पन छप्पन २’मा सौगात ‘सुपरस्टार’ ?


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँवर्षको छेको पारेर चैत २७ मा फिल्म ‘लप्पन छप्पन २’ रिलिज हुने भएको छ । मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा बनेको फिल्मको नयाँ रिलिज मितिसँगै टिजर पनि सार्वजनिक भएको छ ।

निर्माण टिमले अभिनेता सौगात मल्ललाई पहिलो पटक टिजर मार्फत सुपरस्टारको ट्याग दिएका छन् । टिजरमा सौगात मल्ललाई मात्र स्थान दिइएको छ । एक्सन ड्रामा फिल्ममा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिना प्रस्तुतकर्ता रहेको फिल्ममा निर्देशक भट्ट र सुनिल नेउरेको पटकथा तथा संवाद छ । फिल्म निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माता छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १२ : ०५ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर