‘लप्पन छप्पन २’मा सौगात ‘सुपरस्टार’ ? | Khabarhub Khabarhub

‘लप्पन छप्पन २’मा सौगात ‘सुपरस्टार’ ?


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँवर्षको छेको पारेर चैत २७ मा फिल्म ‘लप्पन छप्पन २’ रिलिज हुने भएको छ । मुकुन्द भट्टको निर्माण तथा निर्देशनमा बनेको फिल्मको नयाँ रिलिज मितिसँगै टिजर पनि सार्वजनिक भएको छ ।

निर्माण टिमले अभिनेता सौगात मल्ललाई पहिलो पटक टिजर मार्फत सुपरस्टारको ट्याग दिएका छन् । टिजरमा सौगात मल्ललाई मात्र स्थान दिइएको छ । एक्सन ड्रामा फिल्ममा सौगातसँगै शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ ।

खिलेन्द्रराज तिमसिना प्रस्तुतकर्ता रहेको फिल्ममा निर्देशक भट्ट र सुनिल नेउरेको पटकथा तथा संवाद छ । फिल्म निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाले सहकार्य गरेका छन् ।

सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माता छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।

 

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १२ : ०५ बजे

भारतीय राष्ट्रपति मुर्मू सवार हेलिकप्टर हिलोमा फस्यो, प्रहरीले धकेलेर निकालिदिए

केरला- भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सवार हेलिकप्टर बुधबार अवतरणपछि हिलोमा

गृहमन्त्री अर्यालले ओलीलाई लक्षित गरेर भनेको ‘क्रिमिनल नेग्लिजेन्स’ के हो ?

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकारलाई प्रतिक्रिया दिने क्रममा वा अन्तरवार्ताका

जोरपाटी चोकमा ट्राफिक लाइट जडान

काठमाडौं- जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक

नाच्दै-गाउँदै देउसीमा रमाउँदै (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको दोश्रो महानचाड तिहार सकिने चरणमा पुगेको छ ।

पुरुष भलिबलः नेपाल तुर्कमेनिस्तानसँग पराजित

काठमाडौं- बङ्गलादेशमा आजदेखि सुरु भएको काभा कप पुरुष भलिबल प्रतियोगिताको