प्रधानमन्त्री ओलीसहितको टोली निर्वाचन आयोगमा | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीसहितको टोली निर्वाचन आयोगमा


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनको समूहको नेकपाका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

प्रधानमन्त्री ओली पौने १२ बजे आयोग पुगेका छन् । ओलीसँगै महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरू पनि आयोगमा पुगेका छन् ।

सरकारले बैशाखमा घोषणा गरेको  दुई चरणको निर्वाचन हुने जिल्लासमेत तोकिसकेको अवस्थामा पार्टीको आधिकारिकतामा विवाद नसुल्झिएपछि ओलीसहितका नेताहरू आयोगमा पुगेका हुन् ।

पुस ५ मा प्रतनिधि सभा विघटन भएपछि नेकपा विभाजित छ । तर, आयोगले त्यसलाई मान्यता दिइसकेको छैन । यद्यपि ओली र दाहाल-नेपाल समूह दुबैले आफू नै आधिकारिक पार्टी भएको भन्दै झण्डा, चुनाव चिह्नलगायतमा दाबी गर्दै आएका छन् ।

यसअघि माघ २० मा दाहाद-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता दाबी गरेका थिए । सोक्रममा दाहाल र नेपालले प्रतिनिधिसभा विघटनको विषय अदालतबाट नसुल्झिएसम्म निर्वाचन प्रकिया अघि नबढाउन पनि आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १२ : १५ बजे

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको