प्रधानमन्त्री ओलीसहितको टोली निर्वाचन आयोगमा « Khabarhub

प्रधानमन्त्री ओलीसहितको टोली निर्वाचन आयोगमा


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनको समूहको नेकपाका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।

प्रधानमन्त्री ओली पौने १२ बजे आयोग पुगेका छन् । ओलीसँगै महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरू पनि आयोगमा पुगेका छन् ।

सरकारले बैशाखमा घोषणा गरेको  दुई चरणको निर्वाचन हुने जिल्लासमेत तोकिसकेको अवस्थामा पार्टीको आधिकारिकतामा विवाद नसुल्झिएपछि ओलीसहितका नेताहरू आयोगमा पुगेका हुन् ।

पुस ५ मा प्रतनिधि सभा विघटन भएपछि नेकपा विभाजित छ । तर, आयोगले त्यसलाई मान्यता दिइसकेको छैन । यद्यपि ओली र दाहाल-नेपाल समूह दुबैले आफू नै आधिकारिक पार्टी भएको भन्दै झण्डा, चुनाव चिह्नलगायतमा दाबी गर्दै आएका छन् ।

यसअघि माघ २० मा दाहाद-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता दाबी गरेका थिए । सोक्रममा दाहाल र नेपालले प्रतिनिधिसभा विघटनको विषय अदालतबाट नसुल्झिएसम्म निर्वाचन प्रकिया अघि नबढाउन पनि आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १२ : १५ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा