नेपाली युवा खेलाडीको क्षमता निखार्दै मुख्य प्रशिक्षक वाटमोर | Khabarhub Khabarhub

नेपाली युवा खेलाडीको क्षमता निखार्दै मुख्य प्रशिक्षक वाटमोर



काठमाडौँ– जनवरी १ बाट राष्ट्रिय क्रिकेट टोलीको जिम्मेवारी सम्हालेका डेभ वाटमोरले अहिले बन्द प्रशिक्षणमा व्यस्त छन् । बिहान ८ बजे कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरू हुन्छ ।

२१ सदस्यीय प्रारम्भिक टोलीसहित उनी मैदान पुग्छन् । शनिबारबाट सुरू भएको टोलीमा सिनियर खेलाडी छैनन् । १७ गते सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई खेलाडी छनोट समितिले क्याम्पमा बोलाएको छ ।

१ महिना अगाडि मात्रै नेपाल आएका मुख्य प्रशिक्षक वाटमोर नेपालका युवा खेलाडीसँग आफुलाई अभ्यस्त बनाइ रहेका छन् । उनले युवा खेलाडीमा सिक्ने ‘भोक’ रहेको बताएका छन् ।

‘आज तेस्रो दिनको अभ्यास सकिएको छ । खेलाडीसँग अन्तक्रिया भइरहेको छ । अभ्यास राम्रो भइरहेको छ,’ वाटमोरले सोमबारको अभ्यासिपछि भने, ‘स्क्वाडमा केही नेपालबाट खेलिसकेका खेलाडी छन् । छनोटकर्ताले राम्रो टिम छनोट गरेको छ ।’

वाटमोरले प्रारम्भिक टोलीको पहिलो चरणमा आवद्ध खेलाडीहरु उनीहरुको खेल स्किलमा ध्यान दिइरहेको उनले बताएका छन् ।

वाटमोरले आफ्नो टोलीका खेलाडीहरुमा आफ्नो खेल सुधारका विषय खेलाडी गम्भीर रहेको बताएका छन् ।

‘खेलाडी पनि आफ्नो प्रदर्शन सुधार्न प्रयास गरिरहेकै छन् । उनीहरुलाई पनि आफ्नो स्किल डिभलप गर्न खोजिरहेका छन्,’ वाटमोरले भने ।

उनले अबको दुई दिनमा खेलाडी सिनियर स्क्वाडलाई दुई दिनपछि अभ्यासमा बोलाउने बताएका छन् ।

नेपाल क्रिकेट संघ(क्यान)ले पहिलो चरणको अभ्यास एक हप्ता चल्ने बताएको थियो भने वाटमोरले अबको दुई दिनमा राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरीसहित ११ जना खेलाडीले बुधबारबाट प्रशिक्षण सुरू गर्नेछन् ।

मुख्य प्रशिक्षक वाटमोरले नेपाली खेलाडीहरुमा क्षमता रहेको बताएका छन् । उनले प्रारम्भिक टोलीका खेलाडीहरु नेपाल क्रिकेटको भविष्य भएको बताएका छन् ।

१४ वर्षका अर्जुन कुमाल, १६ वर्षका अनुज चनारालाई वाटमोरले नेपाली क्रिकेटको भविष्यका रुपमा हेरेका छन् । सोमबार नेटमा खेलाडी अभ्यास गरिरहँदा वाटमोर बाँया किनारबाट खेलाडीलाई निर्देशन दिइरहेका थिए ।

अभ्यासको अन्तिम सेसनमा नेटमा व्याटिङ गरिरहेका पवन शर्राफलाई प्रशिक्षक वाटमोरले विशेष चाँसोका साथ हेरिरहेका थिए । उनलाई मात्रै होइन सबै खेलाडीलाई उत्तिकै चाँसोका साथ वाटमोरले गाइड गरिरहेका थिए ।

प्रशिक्षकले राष्ट्रिय टोलीका मध्यक्रम व्याट्सम्यान आरिफ शेख र उनका भाइ आरिफ शेखले आफ्नो खेल सुधार गरिरहेको बताएका छन् । २०१७ मा १० दिनको कार्यक्रमका लागि नेपाल आउँदा भन्दा अहिले खेलाडीहरुले बढी मेहनत गरिरहेको उनले बताएका छन् । शेख दाजुभाइको प्रदर्शन पनि त्यतिबेलाको भन्दा राम्रो हुँदै गएको उनले बताए ।

‘धेरै खेलाडीमा परिपक्वता देखिँदै गएको छ । जस्तो शेख दाजुभाइ । नेपालले एकदिवसीय मान्यता पाइसकेको छ । त्यसका लागि खेलाडीहरु अझै मेहनत गरिरहेका छन्,’ उनले भने ।

नेपाली क्रिकेट टोलीको एकदिवसीय विश्व वरियता सुधार गर्ने लक्ष्य सुनाएका वाटमोरले खेलाडी मानसिक रुपमा तयार रहेको बताए ।

नेपाली क्रिकेट टोलीको अहिलेसम्म सबैभन्दा ठूलो समस्याका रुपमा रहेको ब्याटिङ पनि सुधार हुने उनले बताए । ‘ब्याटिङ यहाँको मात्रै समस्या होइने । तर, अब यहाँको पनि ब्याटिङमा हामी काम गछौं,’ उनले भने ।

पहिलो पटक प्रारम्भिक टोलीमा परेका अनुज चनाराले अभ्यास राम्रो भइरहेको बताएका छन् । जाजरकोटका अनुज क्रिकेट खेल्न थालेको छोटो समयमै राष्ट्रिय टोलीको क्याम्पमा परेका हुन् । कर्णाली प्रदेशबाट प्रधानमन्त्री कप खेलेका उनी व्यक्तिगत प्रदर्शनका आधारमा टोलीमा परेका थिए ।

‘अभ्यास राम्रो भइरहेको छ । प्रशिक्षकले पनि राम्रो गाइड गरिरहनु भएको छ । सिनियर दाईहरुले पनि राम्रो हौसला दिइरहनु भएको छ,’ चनाराले भने ।

प्रशिक्षकले पाएनन् जर्सि

नेपाल क्रिकेट संघ(क्यान)ले जनवरीमा मुख्य प्रशिक्षक नियुक्त गरेपनि उनलाई अहिलेसम्म क्याम्पमा लगाउने जर्सि भने उपलब्ध गराएको छैन ।

राष्ट्रिय खेलकुद परिषरका चिफ कोच तथा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटाले नेपालको जर्सि लगाएर अभ्यास गराइरहेका छन् तर, नयाँ नियुक्त भएका प्रशिक्षक वाटमोरले नेपालको झण्डा अंकित ड्रेस पाएका छैनन् । तीन दिनको अभ्यास सकिँदा मुख्य प्रशिक्षक वाटमोर अनौपचारिक पोशाकमै खेलाडीलाई अभ्यास गराइरहेका छन् ।

नेपालका क्रिकेट म्यानेजर विनोद दासले यसअघिका व्यापारीसँगको सम्झौता सकिएको र नयाँसँगको सहकार्यले गर्दा केही समय लागेको बताएका छन् । उनले मंगलबार बिहान प्रशिक्षकले ड्रेस पाउने बताएका हुन् ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १२ : ४६ बजे

‘श्रमिकको पसिना र समर्पणले समाज बाँचेको छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश

जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन

काठमाडौं– राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन भएकी छिन्

सरकारसँग ९ बुँदे सहमतिपछि आन्दोलनकारी शिक्षकलाई अध्यक्षको आभार : कमेन्टमा गालीको वर्षा

काठमाडौं – नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले २९ दिनसम्म

एकता रोकिएपछि जनमत र नाउपाका नेताहरू छलफलमा

काठमाडौं– पार्टी एकता घोषणा रोकिएपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका

दिवसले छोएन मजदुरलाई, काममै व्यस्त (तस्बिरहरू)

काठमाडौं– आज विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस धुमधामका साथ मनाइँदै छ