देशलाई सबल बनाउन राप्रपाले सही दिशा दिन्छ : अध्यक्ष राणा « Khabarhub

देशलाई सबल बनाउन राप्रपाले सही दिशा दिन्छ : अध्यक्ष राणा


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले प्रजातन्त्रलाई सबल बनाउन राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना हुनुपर्ने बताएका छन ।

‘स्थायित्व प्राप्त गर्न र प्रजातन्त्रलाई सुढृद तुल्याउन हिन्दुराष्ट्रको बलियो आधार र अभिभावकको रुपमा राजसंस्था अपरिहार्य बनेको छ । देशमा विद्यमान संकट मोचन गर्ने आधार पनि यिनै हुन्,’ राप्रपा अध्यक्ष राणाले काठमाडौं जिल्लास्तरीय पार्टी भेलालाई सम्बोधन गर्दै भने ।

झण्डै दुइतिहाईको जनादेश अवमूल्यन गर्ने साम्यवादी पार्टी वा प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसक्ने नेपाली कांग्रेसले देशलाई सही दिशा दिन नसक्ने राणाले दाबी गरे ।

‘देशलाई भरपर्दाे दिशा दिन सक्ने पार्टी भने राप्रपा नै हो । प्रजातान्त्रिक क्षितिजमा उदाउने शक्ति भनेको राप्रपा मात्र हो,’ उनले भने ।

जिल्ला भेलालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुराना राजनीतिक शक्तिहरुबाट वाक्कदिक्क भएर नेपाली जनताले नयाँ विकल्प खोजिरहेको बताए ।

‘यस अर्थमा राप्रपा अघि बढोस्, निर्णायक भूमिका निर्वाह गरोस् भन्ने जनताको अपेक्षा र सुभेच्छा छ,’ उनले भने ।

‘जनताले नयाँ राजनीतिक शक्ति खोजेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति जनताको सहानुभूति छ र त्यस्तो शक्ति बनाउन हामी सक्षम भयौं भने जनताको साथ हामीले पाउने छौं,’ अध्यक्ष लोहनीले भने ।

यौ मौका छोप्न र जनताको अपेक्षा पूरा गर्न क्रियाशील बन्न कार्यकर्तालाई अध्यक्ष लोहनीले निर्देशन दिए । नचाहना बमोजिम राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको लक्ष्य हासिल गर्ने लोहनीले दाबी गरे ।

कार्यकर्तालाई सम्बोधन गदै उनले भने, ‘पार्टीभित्र, संगठनभित्र सबै कुरा लिखित हुँदैन । पार्टी सदस्यहरुबीच सम्बन्ध बिस्तार गर्ने, एकता कायम राख्ने संस्कृति, मूल्य, मान्यता त्यस मानेमा महत्वपूर्ण हुन्छ ।’

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ५ : ३१ बजे

इरानबारे चीन पछि हटेको ट्रम्पको दाबी, तर भएन कुनै सहमति

बेइजिङ– अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले चीनले इरानमाथि आफ्नो प्रभाव प्रयोग

माउण्टेन डिउको बिक्रीमा रोक  

काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले  माउण्टेन डिउ पिउँदा वाकवाकी लागेको

ट्रम्पलाई बेइजिङमा खुवाइयो ‘बेइजिङ रोस्ट डक’को परिकार

बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण शुक्रबार तेस्रो दिनमा

अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले

नोभा ब्रान्डको आइसक्रिम अयोग्य, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको