काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले भोलि हुने आमसभाको पूर्वसन्ध्यामा काठमाडौंमा मार्चपास निकालेको छ ।
वाल्मिकी क्याम्पस प्रदर्शनीमार्गबाट पुतलीसडक, बागबजार हुँदै पुनः वाल्मिकी क्याम्पसमै पुगेर मार्चपास सकिएको थियो ।
मार्चपासमा सहभागीहरुले प्रतिनिधिसभा विघटन संविधान विपरित भएको भन्दै सरकार विरोधी नारा लगाएका थिए । मार्चपासमा नेकपा नेता योगेश भट्टराईले बिहीबार हुने सभाको बारेमा जानकारी गराए ।
हेरौँ भिडियो
काठमाडौंका विभिन्न ५ स्थानबाट र्याली निस्कने र भद्रकालीमा एकीकृत जुलुसमा परिणत हुने उनले बताए । र्याली भृकुटीभण्डप पुगेर सभामा परिणत हुने उनले बताए ।
प्रतिक्रिया