दाहाल-नेपाल समूहले भोलि पाँच ठाउबाट जुलुस निकाल्ने | Khabarhub Khabarhub

दाहाल-नेपाल समूहले भोलि पाँच ठाउबाट जुलुस निकाल्ने


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बुधबार काठमाडौंका विभिन्न पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ ।

बृहत्त विरोध प्रदर्शन तथा आमसभाका लागि विभिन्न क्षेत्रमा नेताहरुलाई जिम्मेवारी तोकिएको छ । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा मार्चपास गरेको छ ।

जसअनुसार पुल्चोकबाट बिहान ११ बजे निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन् ।

त्यस्तै त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणी खनाल, जनार्धन शर्मा बर्षामान पुन, सुरेन्द्र पाण्डेलगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।त्यस्तै माइतीघरबाट निस्किने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, गणेश शाह गिरीराजमणि पोख्रेल, भीम आचार्य,मात्रिका यादव लगायतले गर्दै छन् ।

त्यसैगरी केशरमहलबाट निस्किने जुलसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायतले गर्दै छन् ।त्यस्तै जमलबाट निस्किने जुलसको नेतृत्व लिलामणि पौडेल, बिभिन्न केन्द्रीय सदस्य र पेशागत संगठनहरुले गर्ने प्रचण्ड(नेपाल पक्षले जानकारी गराएको छ ।

त्यस्तै पाँचै ठाउका जुलुस सुन्धारामा भेला भएर १२ बजे सुन्धारा, वीर अस्पताल, जमल, घन्टाघर, बागबजार, पुतलिसडक, पद्मोदय मोड, प्रदर्शनी मार्ग हुदै भृकुटीमण्डप सभास्थलमा प्रवेश गर्ने तालिका बनाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : ०१ बजे

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१