दाहाल-नेपाल समूहले भोलि पाँच ठाउबाट जुलुस निकाल्ने « Khabarhub

दाहाल-नेपाल समूहले भोलि पाँच ठाउबाट जुलुस निकाल्ने


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले बुधबार काठमाडौंका विभिन्न पाँच ठाउँबाट जुलुस निकाल्ने भएको छ ।

बृहत्त विरोध प्रदर्शन तथा आमसभाका लागि विभिन्न क्षेत्रमा नेताहरुलाई जिम्मेवारी तोकिएको छ । विरोध प्रदर्शनको पूर्वसन्ध्यामा आज दिउँसो काठमाडौंको भृकुटीमण्डपमा मार्चपास गरेको छ ।

जसअनुसार पुल्चोकबाट बिहान ११ बजे निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन् ।

त्यस्तै त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणी खनाल, जनार्धन शर्मा बर्षामान पुन, सुरेन्द्र पाण्डेलगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।त्यस्तै माइतीघरबाट निस्किने जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, गणेश शाह गिरीराजमणि पोख्रेल, भीम आचार्य,मात्रिका यादव लगायतले गर्दै छन् ।

त्यसैगरी केशरमहलबाट निस्किने जुलसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायतले गर्दै छन् ।त्यस्तै जमलबाट निस्किने जुलसको नेतृत्व लिलामणि पौडेल, बिभिन्न केन्द्रीय सदस्य र पेशागत संगठनहरुले गर्ने प्रचण्ड(नेपाल पक्षले जानकारी गराएको छ ।

त्यस्तै पाँचै ठाउका जुलुस सुन्धारामा भेला भएर १२ बजे सुन्धारा, वीर अस्पताल, जमल, घन्टाघर, बागबजार, पुतलिसडक, पद्मोदय मोड, प्रदर्शनी मार्ग हुदै भृकुटीमण्डप सभास्थलमा प्रवेश गर्ने तालिका बनाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : ०१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको