वित्तीय निकाय सक्षम भए मात्रै उद्योग व्यवसाय फष्टाउँछ : अध्यक्ष गोल्छा « Khabarhub

वित्तीय निकाय सक्षम भए मात्रै उद्योग व्यवसाय फष्टाउँछ : अध्यक्ष गोल्छा


२७ माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंक तथा वित्तीय निकाय बलिया र सक्षम भए मात्र मुलुकभित्र उद्योग व्यसाय फष्टाउने बताएका छन् ।

महासंघ अन्तगर्तको बैंक, वित्तीय तथा बिमा समिति विस्तार कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले बैंक, वित्तीय तथा बिमा समिति महासंघको महत्वपूर्ण समिति भएकाले यसले दिने हरेक सुझाव सन्तुलित र गहन हुनुपर्ने बताए ।

अध्यक्ष गोल्छाले महासंघले छिट्टै नै बैंकिङ, कर राजस्व, श्रम लगायतका समस्यालाई सम्बोधन गर्न महासंघभित्र दीर्घकालीन प्रकृतिको सदस्य सेवा एकाइ स्थापना गर्ने तयारीमा रहेको समेत जानकारी गराए । सो एकाइ साधन स्रोत सम्पन्न हुने र समस्यालाई सोही एकाइ मार्फत नै समाधान गरी उद्यमी व्यवसायीलाई राहत दिने आफूहरूको लक्ष्य रहेको उल्लेख गर्दै उनले त्यसमा छिट्टै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष गोल्छाले नेपालमा बिमा व्यवसाय तुलानात्मकरूपमा महङ्गो भएकाले यसलाई प्रतिस्पर्धी बनाउन आवश्यक रहेकामा जोड दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योग व्यवसाय र बैंकिङ क्षेत्र बीच कहिलेकाहीँ तनावको अवस्थासमेत आउने गरेको विगतको यथार्थतालाई ध्यान दिई समितिले अध्ययन गरी सुझाव तयार गर्नुपर्ने बताए । समितिले दिने सुझावबाट मुलुकभित्र वित्तीय र उद्योग व्यसाय दुवै क्षेत्र फष्टाउने वातावरण बन्नुपर्नेमा उनको जोड थियो ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले समितिले तयार गर्ने सुझाव साना ठूला सबै प्रकारका उद्योग व्यवसायलाई समेत अध्ययन गरी दिनसके बढी फलदायी हुने धारणा व्यक्त गरे । महासंघको कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालको सभापतित्वमा गठित बैंक, वित्तीय तथा बिमा समिति आज विस्तार गरिएको छ । समितिका सहसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य शक्तिकुमार वेगानी र सुबोधकुमार गुप्ता छन् ।

समितिका सदस्यमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, चार्टडर्ड एकाउन्टेन्ट सुवास झुनझुनवाला, महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य सुनिलनारायण श्रेष्ठ, रामकृष्ण प्रसाई र व्यवसायी प्रकाश तिवारी रहेको महासंघले जनाएको छ ।

समितिका आमन्त्रितमा महासंघको कार्यकारिणी समितिका सदस्य विजयसिंह वैध, सन्दीपकुमार अग्रवाल, आनन्दकुमार बगाडिया र अम्बिकाप्रसाद पौडेल तथा सल्लाहकारमा महासंघको कार्यकारिणी समितिका सदस्य सौरभ ज्योति र अधिवक्ता रमण कर्ण छन् ।

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  १० : ३७ बजे

सांसद दुलालले भने : समाचार लेखेकै कारण पत्रकार आतंकित बनाउन पाइँदैन

काठमाडौं- नेकपाका प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकै आधारमा पत्रकारमाथि

प्रधानमन्त्री नेतान्याहुको चेतावनी- हिजबुल्लाहविरुद्ध इजरायलले आक्रमण तीव्र बनाउने

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानस्थित हिजबुल्लाह विरुद्ध सैन्य आक्रमण अझ

अब श्रम संस्कृतिका कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य

काठमाडौं- श्रम संस्कृति पार्टीले मातहतका सबै कमिटिका कार्यक्रममा प्रयोग हुने

प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सम्पन्न

काठमाडौं– नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा

पाकिस्तानले अस्वीकार गर्‍यो अमेरिकी प्रस्ताव, अब्राहम सम्झौतामा नजोडिने

इस्लामावाद- पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले पाकिस्तान अब्राहम अकॉर्ड्समा सामेल