चैत पहिलो सातादेखि ‘द भ्वाइस अफ नेपाल’को तेस्रो संस्करण « Khabarhub

चैत पहिलो सातादेखि ‘द भ्वाइस अफ नेपाल’को तेस्रो संस्करण


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको नम्बर एक गायन रियालिटी शो ‘ओप्पो द भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रसारण चैत ६ गतेबाट सुरु हुने भएको छ ।

कार्यक्रम निर्देशक लक्ष्मण पौडेलका अनुसार हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुनेछ ।

सधै झैं यसपटक पनि पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ एपिसोडहरु प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका करिब ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा निर्णायकको सामना गर्नेछन् ।

हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल ‘राउण्ड’मा प्रतिस्पर्धा गर्नेछन् । यसपटकको शोमा निर्णायकको समूहमा गायिका आस्था राउतको ठाउँमा अर्की गायिका तृष्णा गुरुङ भित्रिएकी छन् ।

उनीबाहेक अघिल्ला संस्करणका निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा यथावत छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : २० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल