प्रतिमाको ‘प्रेम प्रार्थना’ र ‘अक्षत अनुराग’ « Khabarhub

प्रतिमाको ‘प्रेम प्रार्थना’ र ‘अक्षत अनुराग’


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–अढाई दशकदेखि गीत लेखनमा सक्रिय गीतकार प्रतिमा श्रेष्ठको दुई कृति गीतिसंग्रह ‘प्रेम प्रार्थना’ र गीति पुस्तक ‘अक्षत अनुराग’ सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनले आफ्ना कृति सार्वजनिक गरेकी हुन् ।

दुवै कृतिको गायक दीप श्रेष्ठ, गीतकार दिनेश अधिकारी, डा. कृष्णहरि बराल र विप्लव प्रतिकले विमोचन गरे ।

गीतिसंग्रह ‘प्रेम प्रार्थना’मा पाँच गीत छन् । जसमा ‘मेरो हजुर’, ‘प्रेम प्रार्थना’, ‘मिल्छ भने एउटा’, ‘सुनन’ र ‘किस्ता किस्ता’बोलका गीत छन् । गीतमा अनिल शाहीको संगीत छ ।

गीतमा स्वरुपराज आचार्य, इतु जोजिजु, बबिता मानन्धर, अस्मिता परियारको स्वर छ । गीतिसंग्रहलाई मिडिया ल्याण्डले बजारमा ल्याएको हो ।

कार्यक्रममा एल्बमको तीना गीतको भिडियो पनि सार्वजनिक गरियो । जसमा ‘प्रेम प्रार्थना’मा धिरेन शाक्य र उषा खड्गी, ‘किस्ता किस्ता’मा संगीतकार अनिल र गायिका अस्मिता र ‘सुनन’मा दिवश श्रेष्ठ र सब्बु शाही फिचर्ड छन् ।

गीति पुस्तक ‘अक्षत अनुराग’मा प्रतिमाले लेखेका ७२ गीत संग्रहित छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : ०० बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर