सरकार गठनबारे कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय « Khabarhub

सरकार गठनबारे कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले संसद, सरकार र राजनीतिक प्रक्रियाको विषयमा अन्य राजानीतिक दलसँग छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकार गठनबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बुधबार पनि स्थायी कमिटी बैठक बस्ने छ। आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको श्रेष्ठले जानकारी दिए।

‘संसद संचालन, सरकार र संविधान कार्यान्वयन गर्ने विषयमा हामीले कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेका छौँ’ उनले भने, ‘आवश्यक परेको खण्डमा एमालेसँग पनि वार्ता गर्ने सकिन्छ।’

सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे केही निर्णय नभएको नेता श्रेष्ठले बताए।

‘अदालतको निर्णयपछि ओली पक्षमा रहेका नेताहरुले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुभएको छैन। उहाँहरुको आधिकारिक धारणा आएपछि मात्रै हामी उचित कदम चाल्छौँ’ उनले भने।

उनले वातावरण मिल्यो भने पार्टी एकता गर्ने अन्यथा नगर्ने  समेत बताए । पार्टीको स्थायी किमटी बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ४ : १९ बजे

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,

माघ महिनामा वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको ब्याजदर थप घट्यो

काठमाडौं– सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आगामी माघ महिनाका लागि मुद्दतीतर्फको

किसानलाई सखरखण्ड खन्न र बिक्री गर्न भ्याइ नभ्याइ

घोराही– यहाँको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर