काठमाडौँ– नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
आगामी फागुन २९ गतेको लागि केन्द्रीय कमिटी बैठक बोलाइएको स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको निर्णय सुनाउँदै श्रेष्ठले भने- ‘हाम्रो संगठनात्मक संरचना र पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पार्टीलाई प्रशिक्षित गर्न हामीले यहि फागुन २९ गते काठमाडौंमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छौँ र चैत १ गते कार्यकर्ता भेलाको पनि आयोजना गर्ने निर्णय गरेका छौँ ।’ नेता श्रेष्ठ नेताले बताए ।
साथै आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छलफल नभएको उनले बताए ।
प्रतिक्रिया