नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता « Khabarhub

नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बङ्गलादेश बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ ।

नेपाल बङ्गलादेश बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरुले हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा रहेका शाखाहरु तथा काठमाडौं बाहिरका शाखाहरुमा उपचार गराउँदा खर्च भएको रकमको २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने गरि सम्झौता भएको हो ।

उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा हिमाल डेन्टल हस्पिटलको तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

उक्त सम्झौताबाट नेपाल बङ्गलादेश बैंक लिमिटेडका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा ५ तथा उपत्यका बाहिर ८ वटा हस्पिटल रहेका छन् । उक्त सबै स्थानबाट छुट प्राप्त गर्न सकिने पनि बैंकले जनाएको छ ।

हाल नेपाल बङ्गलादेश बैँकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १२ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको