विद्यालयमा बालबालिकाको लागि आउने खाजामा पनि भ्रष्टाचार | Khabarhub Khabarhub

विद्यालयमा बालबालिकाको लागि आउने खाजामा पनि भ्रष्टाचार


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– हरिपुरलगायतका स्थानका विद्यालयमा बालबालिकाको लागि आउने खाजामा पनि भ्रष्टाचार भएको भन्दै स्थानीय अभिभावकले आक्रोश व्यक्त गरेका छन् ।

हरिपुर नगरपालिका–८ को इन्द्रपुरमा रहेको इन्द्रपुर प्राविमा खुवाइने दिवा खाजामा गुणस्तरहीन खाजा खुवाई भ्रष्टाचार गरिएको भन्दै अभिभावकले आक्रोश व्यक्त गरेका हुन् ।

विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक मिलेर सरकारको तर्फबाट बालबालिकाको लागि आउने दिवा खाजामा भ्रष्टाचार गरी गुणस्तरहीन खाजा खुवाएको स्थानीय अभिभावक लक्ष्मी रायको आरोप छ ।

विद्यार्थीको खाजामा समेत भ्रष्टाचार गरी सरकारले तोकेअनुसारको खाजा नखुवाएको, खाजा बनाउन आएको घ्यू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रजाक धोवी र प्रधानाध्यापक महेन्द्र गिरीले घरमा लगेर गुणस्तरहीन तेलमा खाजा बनाई खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिकी सदस्य सीता श्रेष्ठ (मुखिया) ले बताए ।

नेपाली बजारमा नामै नसुनेको सफारी, साजन, सेफलगायतको नामका तेलमा खाजा बनाएर खुवाउने गरेको र नगरपालिकाले तयार पारिदिएको दिवा खाजा तालिकामा हेरफेर गरिएको भन्दै आफूहरुले विरोध गरेको अभिभावकको भनाइ छ ।

आफूहरुले आफ्ना बालबालिकालाई दिनभर काम गरेर भए पनि बालबालिकाको स्वास्थ्यमा ध्यान दिएको तर विद्यालयले स्वास्थ्यमाथि खेलवाड गरी गुणस्तरहीन खाजा खुवाएर भ्रष्टाचार गरेको भन्दै विरोध गरेको उनीहरुको भनाइ छ । कक्षा ५ सम्म सञ्चालित विद्यालयमा करीब १०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रधानाध्यापक गिरीले आफूहरुमाथि लगाइएको आरोपको खण्डन गर्दै नेपाल सरकार र स्थानीय सरकारले तोकेअनुसारको नै खाजा खुवाउने गरेको बताए । विद्यालयमा घ्यू नआएको र अभिभावकले आरोप लगाएअनुसार घ्यू आफूहरुले नलगेको उनले बताए ।

त्यस्तै हरिपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नागेश्वर यादवले नगरले तोकेअनुसारको नै खाजा खुवाएको र यदि कुनै विद्यालयले नगरले तोकेअनुसारको खाजा नखुवाएको पाइएमा आवश्यक कारवाही गर्ने बताए । उनले तत्कालै नगरभित्रका सबै विद्यालयको स्थलगत अनुगमन गरी नगरले तोकेअनुसार भए नभएको अनुगमन गर्ने बताए ।

स्थानीय सरकारले हरेक दिन फरकफरक परिकारको खाजा खुवाउनुपर्ने भन्दै तालिका तोकेको छ भने नेपाल सरकारले प्रतिविद्यार्थी दैनिक रु १५ का दरले खाजा खुवाउन रकमको व्यवस्था गरेको छ ।

कतिपय विद्यालयमा बजारमा पाइने प्याकिङ भएका बजारको खाजा पनि खुवाउने गरेको पाइएको अभिभावकले बताएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : ५९ बजे

तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति

काठमाडाैं – भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै

आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता

बेंगलुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र

काठमाडौं – नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ