विद्यालयमा बालबालिकाको लागि आउने खाजामा पनि भ्रष्टाचार « Khabarhub

विद्यालयमा बालबालिकाको लागि आउने खाजामा पनि भ्रष्टाचार


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– हरिपुरलगायतका स्थानका विद्यालयमा बालबालिकाको लागि आउने खाजामा पनि भ्रष्टाचार भएको भन्दै स्थानीय अभिभावकले आक्रोश व्यक्त गरेका छन् ।

हरिपुर नगरपालिका–८ को इन्द्रपुरमा रहेको इन्द्रपुर प्राविमा खुवाइने दिवा खाजामा गुणस्तरहीन खाजा खुवाई भ्रष्टाचार गरिएको भन्दै अभिभावकले आक्रोश व्यक्त गरेका हुन् ।

विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक मिलेर सरकारको तर्फबाट बालबालिकाको लागि आउने दिवा खाजामा भ्रष्टाचार गरी गुणस्तरहीन खाजा खुवाएको स्थानीय अभिभावक लक्ष्मी रायको आरोप छ ।

विद्यार्थीको खाजामा समेत भ्रष्टाचार गरी सरकारले तोकेअनुसारको खाजा नखुवाएको, खाजा बनाउन आएको घ्यू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रजाक धोवी र प्रधानाध्यापक महेन्द्र गिरीले घरमा लगेर गुणस्तरहीन तेलमा खाजा बनाई खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिकी सदस्य सीता श्रेष्ठ (मुखिया) ले बताए ।

नेपाली बजारमा नामै नसुनेको सफारी, साजन, सेफलगायतको नामका तेलमा खाजा बनाएर खुवाउने गरेको र नगरपालिकाले तयार पारिदिएको दिवा खाजा तालिकामा हेरफेर गरिएको भन्दै आफूहरुले विरोध गरेको अभिभावकको भनाइ छ ।

आफूहरुले आफ्ना बालबालिकालाई दिनभर काम गरेर भए पनि बालबालिकाको स्वास्थ्यमा ध्यान दिएको तर विद्यालयले स्वास्थ्यमाथि खेलवाड गरी गुणस्तरहीन खाजा खुवाएर भ्रष्टाचार गरेको भन्दै विरोध गरेको उनीहरुको भनाइ छ । कक्षा ५ सम्म सञ्चालित विद्यालयमा करीब १०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रधानाध्यापक गिरीले आफूहरुमाथि लगाइएको आरोपको खण्डन गर्दै नेपाल सरकार र स्थानीय सरकारले तोकेअनुसारको नै खाजा खुवाउने गरेको बताए । विद्यालयमा घ्यू नआएको र अभिभावकले आरोप लगाएअनुसार घ्यू आफूहरुले नलगेको उनले बताए ।

त्यस्तै हरिपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नागेश्वर यादवले नगरले तोकेअनुसारको नै खाजा खुवाएको र यदि कुनै विद्यालयले नगरले तोकेअनुसारको खाजा नखुवाएको पाइएमा आवश्यक कारवाही गर्ने बताए । उनले तत्कालै नगरभित्रका सबै विद्यालयको स्थलगत अनुगमन गरी नगरले तोकेअनुसार भए नभएको अनुगमन गर्ने बताए ।

स्थानीय सरकारले हरेक दिन फरकफरक परिकारको खाजा खुवाउनुपर्ने भन्दै तालिका तोकेको छ भने नेपाल सरकारले प्रतिविद्यार्थी दैनिक रु १५ का दरले खाजा खुवाउन रकमको व्यवस्था गरेको छ ।

कतिपय विद्यालयमा बजारमा पाइने प्याकिङ भएका बजारको खाजा पनि खुवाउने गरेको पाइएको अभिभावकले बताएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  १० : ५९ बजे

क्यामेराबाट भागिरहेका रास्वपाका ‘सेलिब्रेटी’ नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताको मिडियासँग सातो

इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

म्याग्दी – म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम– २०५० सालमा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा