आमासहित कर्णाली नदीमा हामफालेकामध्ये ४ को शव फेला « Khabarhub

आमासहित कर्णाली नदीमा हामफालेकामध्ये ४ को शव फेला


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली नदीमा हाम्फालेर आत्महत्या गर्ने महिलासहित तीन सन्तानको शव फेला परेको छ ।

दैलेख आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुखी बडुवालले आफ्ना ३ छोरी र १ छोरासहित कर्णाली नदीमा हाम्फालेकी थिइन् ।

उनीहरु आइतबार राति घरबाटै बेपत्ता भएका थिए । बेपत्तामध्ये दुई छोरी वर्ष १५ की कल्पना र वर्ष १२ की सरिता बडुवालको हात बाँधेको अवस्थामा सोमबार साँझ कर्णाली नदीमा शव भेटिएको थियो । आमा सुखी र वर्ष ८ का ललितको शव आज (मङ्गलबार) दिउँसो कर्णाली नदीमै भेटिएको हो ।

५ वर्षीया रजनी भने अहिलेसम्म फेला परेकी छैनन् । उनको खोजी भइरहेको जिल्ला प्रशासन दैलेखले जनाएको छ ।

घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसहित कर्णाली प्रदेश प्रहरी प्रमुखको उपस्थितमा गोताखोर टोलीले खोजी गरिरहेको छ ।

सनाखत भएका ४ जनाको शव पोस्टमार्टमका लागि अछामको मङ्गलसेन लगिएको दैलेख प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।

सुखीका श्रीमान् मानसिंह बडुवालले श्रीमतीसहित परिवारलाई मदिरा सेवन गरेर लगातार तनाव दिएपछि परिवारले नै संयुक्त आत्महत्या गरेको बताइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ७ : ०५ बजे

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई

अमेरिकी रक्षा मन्त्रीको दाबी : हिन्द महासागरमा इरानी युद्धपोत डुबाइयो

वासिङ्टन-अमेरिकी रक्षा मन्त्री पेट हेग्सेथले हिन्द महासागरमा इरानी युद्धपोत डुबाउन

मानवहितमा एआई प्रयोग गर्न संयुक्त राष्ट्रको जोड

संयुक्त राष्ट्र- संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई)

मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह

बेरुत– इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश