विद्यालयको भवनमा जन्ती, रुखमुनि बोरा ओछ्याएर पढ्न विद्यार्थी बाध्य ! | Khabarhub Khabarhub

विद्यालयको भवनमा जन्ती, रुखमुनि बोरा ओछ्याएर पढ्न विद्यार्थी बाध्य !


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- धनुषाको एक विद्यालयमा जन्ती राखेपछि विद्यार्थीहरु चर्को घाममा रुखमुनि बसेर पढेको घटना बाहिरीएको छ ।

मंगलबार मिथिला बिहारी नगरपालिका ३ का मिथिलेश्वर मौवाही माविमा जन्ती राखिएपछि विद्यार्थीहरुलाई रुखमुनि बसेर पठनपाठन गर्न बाध्य भएका हुन् ।

विद्यालयका प्राधानाध्यापक लालबाबु यादवले अनुमतिविना विद्यालयमा जन्ती राखेको दाबी गरे । तर, अर्को पटक थप जानकारी लिँन खोज्दा गाउँलेको सहमतिमा विद्यालयमा जन्ती राखेको प्रतिक्रिया दिए ।

‘दुई साता पहिले अनुमति लिँन आएपछि हामीले विद्यालयमा जन्ती राख्न नपाउने भनेका थियौं,’उनले भने, ‘सोमबार नारी दिवसको अवसरमा विद्यालय छुट्टी रहेको हुनाले हामीलाई जानकारी भएन । मंगलबार विद्यार्थीहरु पुग्दा विद्यालयमा जन्ती बसेका थिए । तर हामीले तुरुन्तै खाली गराएका थियौं ।’

कसको छोरीको विवाह थियो त्यो विषयमा जानकारी नभएको भन्दै अन्य सूचना दिनबाट उनी पञ्छिए । यता, नगर प्रमुख अनिल कुमार यादवले यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

‘हामीले विद्यालयमा पठनपाठन बाहेक कुनै पनि काम नगर्ने निर्देशन दिएका छौं,’उनले भने, ‘अन्य काम गर्नको लागि पालिकाले सबै ठाउँमा सार्वजनिक भवन बनाएको छ । यो विषयमा बुझ्दै छौं ।’

नगर शिक्षा शाखा प्रमुख रिमा झाले आँफू बिदामा रहेको भन्दै कुनै जानकारी नरहेको बताइन् ।

सम्बन्धित निकायहरु वास्तविक जानकारी दिनबाट पन्छिए पनि  विद्यार्थीहरुले भने आफूहरु चर्को गर्मीमा रुखमुनि बोरा ओछ्याएर पढ्न बाध्य भएको जनाएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : २३ बजे

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान