विद्यालयको भवनमा जन्ती, रुखमुनि बोरा ओछ्याएर पढ्न विद्यार्थी बाध्य ! « Khabarhub

विद्यालयको भवनमा जन्ती, रुखमुनि बोरा ओछ्याएर पढ्न विद्यार्थी बाध्य !


२५ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- धनुषाको एक विद्यालयमा जन्ती राखेपछि विद्यार्थीहरु चर्को घाममा रुखमुनि बसेर पढेको घटना बाहिरीएको छ ।

मंगलबार मिथिला बिहारी नगरपालिका ३ का मिथिलेश्वर मौवाही माविमा जन्ती राखिएपछि विद्यार्थीहरुलाई रुखमुनि बसेर पठनपाठन गर्न बाध्य भएका हुन् ।

विद्यालयका प्राधानाध्यापक लालबाबु यादवले अनुमतिविना विद्यालयमा जन्ती राखेको दाबी गरे । तर, अर्को पटक थप जानकारी लिँन खोज्दा गाउँलेको सहमतिमा विद्यालयमा जन्ती राखेको प्रतिक्रिया दिए ।

‘दुई साता पहिले अनुमति लिँन आएपछि हामीले विद्यालयमा जन्ती राख्न नपाउने भनेका थियौं,’उनले भने, ‘सोमबार नारी दिवसको अवसरमा विद्यालय छुट्टी रहेको हुनाले हामीलाई जानकारी भएन । मंगलबार विद्यार्थीहरु पुग्दा विद्यालयमा जन्ती बसेका थिए । तर हामीले तुरुन्तै खाली गराएका थियौं ।’

कसको छोरीको विवाह थियो त्यो विषयमा जानकारी नभएको भन्दै अन्य सूचना दिनबाट उनी पञ्छिए । यता, नगर प्रमुख अनिल कुमार यादवले यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।

‘हामीले विद्यालयमा पठनपाठन बाहेक कुनै पनि काम नगर्ने निर्देशन दिएका छौं,’उनले भने, ‘अन्य काम गर्नको लागि पालिकाले सबै ठाउँमा सार्वजनिक भवन बनाएको छ । यो विषयमा बुझ्दै छौं ।’

नगर शिक्षा शाखा प्रमुख रिमा झाले आँफू बिदामा रहेको भन्दै कुनै जानकारी नरहेको बताइन् ।

सम्बन्धित निकायहरु वास्तविक जानकारी दिनबाट पन्छिए पनि  विद्यार्थीहरुले भने आफूहरु चर्को गर्मीमा रुखमुनि बोरा ओछ्याएर पढ्न बाध्य भएको जनाएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७७, मंगलबार  ८ : २३ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले