पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा सुवेदी निर्वाचित | Khabarhub Khabarhub

पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा सुवेदी निर्वाचित


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा सूर्य सुवेदी निर्वाचित भएका छन् ।

सुवेदीले ७१३ मत ल्याएर विजय हासिल गरेका छन् भने उनका प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ र सीता पोखरेलले ७९ मत प्राप्त गरेका छन् । उपाध्यक्ष (खुल्ला)मा रामचन्द्र दुलाल विजयी भएका छन् । उनले ४६२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष महिलामा अप्सरा गौतम विजयी भएकी छन् । उनले ५८८ मत प्राप्त गरेकी छन् । सचिवमा महेश्वर गौतम विजयी भएका छन् । उनले ४३३ मत प्राप्त गरेका छन् ।

सहसचिव खुल्लामा अर्जुन डोटेल विजयी भएका छन् । उनले ५८२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन् ।

त्यस्तै निर्वाचित हुने सदस्यहरूमा कमलराज राई, कृष्णप्रसाद गौतम, कृष्णप्रसाद ढुंगेल, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहोरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डंगोल रहेका छन् । त्यस्तै निर्वाचित हुनेमा सदस्य (मधेसी) मिनाकुमारी यादव, सदस्य (दलित) शोभा नेपाली, सदस्य (अन्य समावेशी) दिपक काफ्ले, सदस्य (महिला) शोभा अर्याल, सदस्य (आदिवासी जनजाति) सुवासकुमार सुनार रहेका छन् ।

बुधबार भएको निर्वाचनमा काठमाडौं शाखामा जम्मा १२३४ मत खसेको थियो ।

कसले कति मत पाए ?

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : ११ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र