स्थानीय भाषा जान्ने गणक खटाउनुपर्ने माग « Khabarhub

स्थानीय भाषा जान्ने गणक खटाउनुपर्ने माग


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– राष्ट्रिय जनगणना–२०७८ मा स्थानीय भाषा बोल्ने बाहुल्य भएका क्षेत्रमा सोही भाषीका गणक खटाउनु सहभागीहरुले सुझाव दिएका छन् ।

जिल्ला जनगणना कार्यालय क र ख द्वारा बिहीबार आयोजित जिल्लास्तरीय सचेतना गोष्ठीमा सहभागीले गणकलाई खटाउँदा अनुगमन गर्नुपर्ने, सार्वजनिक सूचना सम्प्रेषण गर्नुपर्ने, विराट राजवंशीको भाषा, जातिको समूह जनाउने कोलम राख्नुपर्ने र स्वास्थ्य सम्बन्धमा दीर्घरोगीका विषयमा आवश्यक कोलम राख्नुपर्नेजस्ता सुझाव दिएका थिए ।

केन्द्रीय तथ्याङ्क विभागका निर्देशक रामहरि गैरेले राष्ट्रिय जनगणना–२०७८ संक्षिप्त जानकारी एवं तयारी कार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै आउँदो जनगणनामा ७० लाख घरपरिवार र तीन करोड जनसङ्ख्या हुने अनुमान गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला जनगणना संयोजक कोषहरि निरौलाले जनगणनाले जनसङ्ख्या, धर्म, संस्कृति, भाषालगायतका क्षेत्रका समानुपातिक, समावेशी सिद्धान्तका रूपमा राज्यलाई सही तथ्याङ्कक उपलब्ध हुने विचार व्यक्त गरे ।

प्रदेश जनगणना कार्यालयका निर्देशक तीर्थराज बरालले जनगणना विधि, अवधारणा र परिभाषा विषयमा कार्यपत्र प्रस्तुत गर्दै वैज्ञानिक विधिमार्फत गणकको छनोट गरिएको र स्थानीयवासीलाई प्राथमिकता दिइएको बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले मूलघरबाट अन्यत्र बहाल वा कार्यको कारणवश बसेकाका परिवारका सदस्यका सम्बन्धमा गणना दोहोरिने सम्बन्धमा सचेत हुन जरुरी रहेको धारणा राखे ।

गोष्ठीमा निजामती कर्मचारी, विभिन्न सङ्घसङ्गठनका प्रतिनिधि र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १० : २२ बजे

आज विश्व आदिवासी दिवस मनाइँदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ– विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका

सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा

काठमाडौँ – सुनसरी र उदयपुरको सिमानामा पर्ने बराहक्षेत्र तथा बेलका

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति