भिडियोमा श्याम र बुनुको ‘बुलबुल तालैमा’ « Khabarhub

भिडियोमा श्याम र बुनुको ‘बुलबुल तालैमा’


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक श्याम गुरुङ र गायिका बुनु श्रेष्ठको स्वर रहेको गीत ‘बुलबुल तालैमा’ को भिडियो सार्वजनिक भएको छ ।

२०५२ सालमा रेडियो नेपालमा प्रथम भएको यो गीतको २०५४ सालमा रि–रेकर्डिङ गरिएको हो । त्यो समयमा यो गीतको चार लाख बढी अडियो बिक्री भएको थियो ।

गायक श्याम हाल अमेरिमामा छन् । कृष्ण थापा र श्याम गुरुङको शब्द रहेको यस गीतमा श्याम गुरुङको नै संगीत रहेको छ । गीतमा रिदम कँडेलको एरेन्ज छ ।

भिडियोमा सुधीर श्रेष्ठ, महादेव त्रिपाठी, यांगशु श्रेष्ठ र आकांक्षा तामाङ फिचर्ड छन् । भिडियोमा होचा व्यक्ति मनोज विकको पनि अभिनय छ ।

भिडियोमा रामकुमार केसीको छायांकन, गौतमराज खड्काको सम्पादन तथा दीपेन्द्र शाही ठकुरीको कोरियोग्राफी छ । भिडियोका निर्देशक खिलबहादुर गुरुङ हुन् ।

स्टुडियो साउण्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ११ : ५० बजे

एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

बनेपा– धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत

गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी हुनु चरम अनैतिक: पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले गगन थापाको नेतृत्वमा

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल (तस्बिरहरु)

बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा – ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–३