हामी केपी ओलीको दास होइनौँ– माधव नेपाल « Khabarhub

हामी केपी ओलीको दास होइनौँ– माधव नेपाल


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधि र विधान विपरीत काम गरेको आरोप लगाएका छन् ।

शुक्रबार विराटनगरमा नेता नेपालले आफू खुसी काम गर्दै आएका ओलीका सबै कुरा आफूहरुले नमान्ने उल्लेख गरे । उनले आफूहरू केपी ओलीको दास नभएको पनि बताए । नेता नेपालले विधानविपरीत काम गर्ने ओलीलाई साथ दिनेहरू दास भएको टिप्पणी गरे ।

ओली प्रति निक्कै आक्रोशित देखिएका नेता नेपालले भने, ‘हामी सबै पदाधिकारीको पद चैट हुने ओलीको बाँकी रहने ? यस्तो पनि कही हुन्छ ? ’

ओलीले पूरै अवैधानिक कदम चालेको बताउँदै नेपालले भने, ‘उहाँले विधान र विधिविपरीत काम गर्नु भएको छ । विधानविपरीत कामगर्ने कुरालाई पनि साथ दिने दास हुन् । हामी दास होइनौँ । हामी ओलीको मुख हेरेर अगाडि बढेका होइनौं ।’

उनले ओलीमा असहिष्णुताको प्रवृति चरम पराकाष्ठमा पुगेको आरोप लगाए ।

उनले भने, ‘उहाँका भक्तजन, भजनमण्डली बाहेक अरु कसैलाई उहाँ सहन गर्नुहुन्न । उहाँमा असहिष्णुताको प्रवृति चरम पराकाष्ठामा पुगेको छ । उहाँ एक्लिँदै जानु भएको छ ।’

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १ : ४८ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको