गृहमन्त्री थापाको पनि खोसियो सांसद पद, खड्कालाई सोधियो स्पष्टीकरण « Khabarhub

गृहमन्त्री थापाको पनि खोसियो सांसद पद, खड्कालाई सोधियो स्पष्टीकरण


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट राष्ट्रिय सभा सदस्य भएका गृहमन्त्री रामबहादुर थापालाई कारबाही गर्दै दल त्याग गरेको  पत्र संसद सचिवालयलाई पठाएको छ ।

माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले थापाले दल परित्याग गरेकाले सांसदबाट कारबाही गरिएको पत्र संसद् सचिवालयलाई पठाएका हुन् ।

कारबाहीसँगै थापाको पद पनि खारेज हुने भएको छ । राष्ट्रिय सभामा माओवादी केन्द्र दलका नेता दिनानाथ शर्माले दलत्याग गरेकाले राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार गरिएको जानकारी दिए । ‘निर्वाचित भएको दल त्याग गरी अर्को दलमा गएकाले कानुनअनुसार सांसदको पद रहँदैन । प्रष्टिकरण सोधिएको थियो तर चित्तबुझ्दो जवाफ भेटिएन । अब दल त्याग गरेर गएपछि यताबाट भएको सांसद पद त रहँदैन नि !’ उनले भने ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिएको जानकारीअनुसार राष्ट्रिय सभा सदस्य थापाले दल त्याग गरेकाले सांसद पद खारेज गरिदिन भनेर प्रचण्डले शुक्रबार पठाएको पत्र संसद् सचिवालयमा दर्ता भएको छ ।

अहिले राष्ट्रिय सभाको अधिवेशन छैन, त्यसैले थापाको सांसद पद खारेज भएको सूचना संसद् सचिवालयले प्रकाशित गरेपछि थापाको सांसद पद खारेज हुनेछ ।

उक्त प्रक्रिया तत्काल भने अगाडि नबढ्ने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हाल स्पेन भ्रमणमा छन् । उनी स्पेनबाट फर्किएपछि मात्रै थापाको सांसद पद खारेजीको प्रक्रिया अगाडि बढ्नेछ । उनी २०७८ साल वैशाख १ गते मात्रै नेपाल फर्किने कार्यक्रम छ । थापा माओवादी केन्द्र परित्याग गरेर नेकपा (एमाले)प्रवेश गरेका थिए ।

यस्तै, राष्ट्रियसभाका अर्का सांसद चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको छ । उनलाई कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी शर्माले दिए ।

यसअघि एमाले प्रवेश गरेका अन्य चार मन्त्रीलाई पनि माओवादीले सांसद्‍बाट हटाएको थियो । लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई दल त्याग गरेपछि माओवादीले सांसदबाट हटाएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ३ : २० बजे

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित