सम्राटको ‘लाल मोहनजी’मा विपिन « Khabarhub

सम्राटको ‘लाल मोहनजी’मा विपिन


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–भारतीय अभिनेत्री सनी लियोनीलाई फिल्म ‘पासवर्ड’मा अभिनय गराएर चर्चामा आएका निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म ‘लाल मोहनजी’ निर्देशन गर्ने भएका छन् ।

फिल्म ‘पासवर्ड’ रिलिजको दुई वर्षपछि द्वन्द्व निर्देशकसमेत रहेका सम्राटले ‘लाल मोहनजी’ निर्देशन गर्न लागेका हुन् ।

आररोसफी फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा विपिन कार्की, अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रवीन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार र बालकलाकार सुशान्त मेचे अनुबन्धित भएका छन् ।

फिल्मका प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् । निर्देशक बस्नेतका अनुसार फिल्मका लागि अभिनेत्रीको खोजी भइरहेको छ ।

फिल्ममा प्रवेश पौडेलको कथा, आकाश बरालको पटकथा र संवाद, सन्तोष राजको संगीत, निरज कँडेलको छायांकन, राजु तामाङको द्वन्द्व, कविराज गहतराजको नृत्य र अर्जुन जिसीको सम्पादन छ ।

नेपाल, भारत, क्यानाडा र अष्ट्रेलियामा छायांकन हुने फिल्मको छायांकन जेठको पहिलो साताबाट फ्लोरमा जानेछ ।

आगामी तिहारमा रिलिज हुने फिल्मका प्रोडक्सन म्यानेजर दीपिल पन्त हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : १० बजे

प्रतिकूल मौसमले रेसुङ्गा विमानस्थलमा उडान प्रभावित

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा मौसमको प्रतिकूलताका कारण उडान अवरुद्ध भएको

निर्वाचन प्रहरीको सम्मान पत्रसहित बिदाइ (तस्बिरहरू)

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि परिचालन

पुल नहुँदा जोखिमपूर्ण यात्रा : बाँसको पुलमै निर्भर मर्चवारका बासिन्दा

भैरहवा– रूपन्देहीको मर्चवार क्षेत्रमा सम्मरीमाई गाउँपालिका–३ मा पर्ने भभइ–भटौलिया आसपासका

यौनकर्मीको कथामा आधारित फिल्म ‘लालिमा’को बुकिङ खुला

काठमाडौं – भोलि शुक्रबार अर्थात् फागुन २९ बाट प्रदर्शनमा आउने

खाडीमा इरानी आक्रमण : कच्चा तेलको मूल्य उकालो, १०० डलर नाघ्यो

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार