सडक मर्मत गर्न एक महिना सवारी आवातजावत बन्द हुने | Khabarhub Khabarhub

सडक मर्मत गर्न एक महिना सवारी आवातजावत बन्द हुने


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्हार गर्न चैत २८ गतेदेखि एक महिना सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको छ ।

वाग्मती प्रदेश, यातायात पूर्वाधार प्रदेशनालयले आज चैत २८ देखि आगामी वैशाख २८ गतेसम्मको लागि सबै प्रकारको यातायात सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

उक्त सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मी हुँदै फाखेल र काठमाडौँ जिल्लाको सिमानामा पर्ने फर्पिङसम्मको सडकको ढलान, ढल निकास र कालोपत्रे गर्ने कार्यको लागि कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सबै प्रकारको यातायात सेवालाई बन्द गर्नुपरेको वाग्मती प्रदेश, यातायात पूर्वाधार निर्देशनालयका प्रमुख निर्देशक डा सहदेव भण्डारीले बताए । उनले काठमाडौँको दक्षिणकाली हुँदै सिस्नेरीतर्फ आउने सडकखण्ड यातायात सञ्चालनमा रोक नलगाएको जानकारी दिए ।

प्रदेश यातायात पूर्वाधार निर्देशनालयले सम्बन्धित यातायात व्यवसाय, जिल्ला प्रशासन र भौतिक पूर्वाधार मन्त्रालयका पदाधिकारीको आज बसेको संयुक्त बैठकले भोलि हेबी र फाखेल सडकखण्ड बन्द गर्ने भनी सहमतिको साथ निर्णय गरिएको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक भण्डारीले बताए ।

काठमाडौँको दक्षिणकालीदेखि सिस्नेरी र कुलेखानीको हेबीसम्म सडकमा ढल निकास र कालोपत्र निर्माण गर्ने प्रयोजनका लागि केही हप्तापछि सिस्नेरी सडकखण्ड पनि बन्द गर्ने सहमति भएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

 

 

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : १६ बजे

अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा संसदीय समितिको बैठक

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (सोमबार) बस्दैछ । बैठक

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकासँग व्यापार वार्ताका लागि युरोपेली युनियन तयार

काठमाडौं – युरोपेली युनियनकी प्रमुख उरुस्ला भान डेर लेयनले अमेरिकासँग

क्लासेनको विस्फोटक शतकमा हैदरावादले ११० रनले कलकतालाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)बाट यसअघि नै बाहिरिएका दुई