हलिउडमा अन्तरंग दृश्य छायांकनमा नयाँ मापदण्ड « Khabarhub

हलिउडमा अन्तरंग दृश्य छायांकनमा नयाँ मापदण्ड


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स–टाइम्स अप अभियानले हलिउड फिल्ममा देखाइने अन्तरंग दृश्यमा नयाँ मापदण्ड लागु गरेको छ । मापदण्डअनुसार फिल्ममा नग्नता र अन्तरंग दृश्यको छायांकन हुँदा कलाकारहरुले आफ्नो सीमा कायम गर्नुपर्नेछ ।

बीबीसीमा प्रकाशित समाचारअनुसार फिल्म ‘लुथर’ अभिनेत्री रुथ विल्सनसहित अन्य अभिनेत्रीहरुले यो मापदण्डको स्वागत गरेका छन् । ‘जोकोही पनि काम गर्दा सुरक्षा चाहन्छन् । यो मापदण्डले त्यो सुरक्षालाई व्यवहारमा लागु गराउन ठूलो भूमिका खेल्नेछ’, उनले भनेकी छन् ।

टाइम्स अप सन् २०१८ मा स्थापित अभियान हो । यो अभियानमा मनोरञ्जन उद्योगका सोन्डा राइम्स, नाटाली पोर्टमेन र अमेरिका फेरारा जस्ता स्टार छन् । उनीहरुले मनोरञ्जन उद्योगमा हुने यौन दुराचारविरुद्ध आवाज उठाउने जनाएका छन् ।

यो अभियानले कलाकारहरुले अडिसन वा सुटिङमा नग्न, अन्तरंग र यौन दृश्य खिच्दा उनीहरुको अधिकारको विषयमा आवाज उठाउने गर्दछ ।

मापदण्डले कलाकारले फिल्मका लागि सम्झौता गर्दा फिल्ममा शरीरको कुन अंगमा छुनुपर्ने वा देखाउनुपर्ने भन्ने प्रष्ट उल्लेख गर्नुपर्ने सीमा तोकेको छ ।

फिल्ममा ‘बडी डबल्स’ दृश्य दिनुपर्ने अवस्थामा आए कलाकारले त्यसलाई अस्वीकार गर्ने वा ‘भिटो’ गर्न पाउने प्रावधान मापदण्डमा राखिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ५ : १० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका