वैशाखभित्रै कोरोना खोप उपलब्ध गराउन सिरमलाई सरकारले पठायो पत्र | Khabarhub Khabarhub

वैशाखभित्रै कोरोना खोप उपलब्ध गराउन सिरमलाई सरकारले पठायो पत्र


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग खरिद गरेको बाँकी १० लाख डोज कोरोना विरुद्धको खोप वैशाखभित्र उपलब्ध गराउन तेस्रो पटक पत्राचार गरेको छ ।

सिरमले उपलब्ध गराउनु पर्ने खोप नआउँदा नेपालको खोप अभियान प्रभावित भएपछि स्वास्थ्य मन्त्रालयले पुनः पत्र पठाएको हो ।

गत फागुन ५ गते सरकार र सिरम इन्स्टिच्युटबीच प्रतिखोप चार डलरका दरले २० लाख डोज खोप खरिद गर्ने सहमति भएको थियो ।

बाँकी १० लाख त्यसको एक साता अर्थात फागुन १५ गतेभित्र पठाइसक्नुपर्ने थियो । तर, सिरमले कुनै कारणबिना तत्काल खोप आपूर्ति गर्न नसकिने पत्र नेपाल सरकारलाई लेखेको थियो ।

खोपका लागि सरकारले ९३ करोड रुपैयाँ सिरमलाई उपलब्ध गराइसकेको छ । भारतभित्रै ब्यापक माग भइरहेको अवस्थामा भारतीय विदेश मन्त्रालयले अस्थायीरुपमा खोप आपूर्तिमा रोक लगाएको विवरण बीबीसीमा आएको थियो ।

तर, भारतीय विदेश मन्त्रालयले खोप आपूर्तिमा रोक नलगाएको बताइसकेको छ । नेपालमा सिरमले उत्पादन गरेको कोभिशिल्ड खोपलाई झन्डै १८ लाख जनाले लगाइसकेका छन् ।

यसअघि, भारतले १० लाख डोज अनुदानमा दिएको थियो भने सरकारले खरिद गरेको १० लाख डोज सिरमले उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : ४० बजे

एकीकृत समाजवादी महाधिवेशनको तयारी तीव्र 

काठमाडौं– नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र

कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई