वैशाखभित्रै कोरोना खोप उपलब्ध गराउन सिरमलाई सरकारले पठायो पत्र « Khabarhub

वैशाखभित्रै कोरोना खोप उपलब्ध गराउन सिरमलाई सरकारले पठायो पत्र


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग खरिद गरेको बाँकी १० लाख डोज कोरोना विरुद्धको खोप वैशाखभित्र उपलब्ध गराउन तेस्रो पटक पत्राचार गरेको छ ।

सिरमले उपलब्ध गराउनु पर्ने खोप नआउँदा नेपालको खोप अभियान प्रभावित भएपछि स्वास्थ्य मन्त्रालयले पुनः पत्र पठाएको हो ।

गत फागुन ५ गते सरकार र सिरम इन्स्टिच्युटबीच प्रतिखोप चार डलरका दरले २० लाख डोज खोप खरिद गर्ने सहमति भएको थियो ।

बाँकी १० लाख त्यसको एक साता अर्थात फागुन १५ गतेभित्र पठाइसक्नुपर्ने थियो । तर, सिरमले कुनै कारणबिना तत्काल खोप आपूर्ति गर्न नसकिने पत्र नेपाल सरकारलाई लेखेको थियो ।

खोपका लागि सरकारले ९३ करोड रुपैयाँ सिरमलाई उपलब्ध गराइसकेको छ । भारतभित्रै ब्यापक माग भइरहेको अवस्थामा भारतीय विदेश मन्त्रालयले अस्थायीरुपमा खोप आपूर्तिमा रोक लगाएको विवरण बीबीसीमा आएको थियो ।

तर, भारतीय विदेश मन्त्रालयले खोप आपूर्तिमा रोक नलगाएको बताइसकेको छ । नेपालमा सिरमले उत्पादन गरेको कोभिशिल्ड खोपलाई झन्डै १८ लाख जनाले लगाइसकेका छन् ।

यसअघि, भारतले १० लाख डोज अनुदानमा दिएको थियो भने सरकारले खरिद गरेको १० लाख डोज सिरमले उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : ४० बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट