देउवालाई रामचन्द्रको प्रश्न : फेरि पनि ‘जोखाना हेरेर’ चान्स मिस गर्ने ? (भिडियोसहित) « Khabarhub

देउवालाई रामचन्द्रको प्रश्न : फेरि पनि ‘जोखाना हेरेर’ चान्स मिस गर्ने ? (भिडियोसहित)


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले फेरि पनि जोखाना हेरेर कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने अवसर गुम्न दिन नहुने बताएका छन् ।

नयाँ सरकार गठनको अवसर गुम्न सक्ने भन्दै पौडेलले सभापति शेरबहादुर देउवाप्रति कटाक्ष गरेका हुन् ।

यसअघि एमाले र माओवादी केन्द्र नबनेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउने अवसर कांग्रेसले गुमाएको उल्लेख गर्दै अब पनि जोखाना मात्रै हेरेर बसे अवसर गुम्ने बताए ।

नेपाल निजामती कर्मचारी युनियनले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पौडेलले चुनाव–चुनाव मात्रै भनेर नहुने बताउँदै पार्टी नेतृत्वले समयमै निर्णय लिन सक्नु पर्नेमा जोड दिए ।

‘अब एउटा चान्स त हामीले अस्तिनै मिस गरिसकेका छौं,’ पौडेलले भने, ‘जनु बेला एमाले र माओवादी केन्द्र बनेका थिएनन्, त्यो बेलामा जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भएको छ । जोखाना फेरि पनि हेरेर यो चान्स मिस गर्ने अनिपछि टाउको समातेर रुने यो कुरा हुँदैन । चुनाव, चुनाव यो सबैले भन्छन् ।’

हेरौँ भिडियो

संसदमा प्रतिपक्षी दलको भूमिकाको पनि लेखाजोखा हुने भन्दै पौडलले वर्तमान सरकारको विकल्प खोज्नु पर्नेमा जोड दिए ।

‘संसदको रोस्टमलाई प्रधानमन्त्रीले प्रयोग गर्न नचाहँदा प्रतिपक्षी दलले रोस्टम प्रयोग गर्‍यो की गरेन ?, कसरी गर्‍यो यसको पनि लेखाजोखा इतिहासमा हुने छ ।’ उनले भने, ‘यहाँ चुनाव–चुनाव मात्रै भनेर सुख पाइँदैन । हामीले निरंकुशता तिर बढिरहेको यो सत्ताको विकल्प खोजी गर्नुपर्छ ।’

विकल्पको लागि उदार बन्दै अरु पार्टीहरूसँग मिलेर सरकार बदल्ने काममा इमान्दार प्रयत्न गर्नुपर्ने उनको भनाइ । पौडेलले पार्टीको अधिवेशन सम्पन्न नभइ चुनावमा हामफाल्न नहुने बताए ।

तर सोही कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले भने चुनावमा जान सक्ने अवस्था आउन सक्ने बताएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ६ : ५५ बजे

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको