पत्रकार महासंघ वाग्मती प्रदेश अध्यक्षमा देवकोटा निर्वाचित | Khabarhub Khabarhub

पत्रकार महासंघ वाग्मती प्रदेश अध्यक्षमा देवकोटा निर्वाचित


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको अध्यक्षमा नुवाकोटका शिव देवकोटा निर्वाचित भएका छन् । निर्वाचनमा देवकोटाले ५४१, चितवनका हरिप्रसाद पोखरेलले ४२१, मकवानपुरका गिरिजाप्रसाद अधिकारीले २६१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपाध्यक्षमा मकवानपुरका रुपेश दुलाल र महिला उपाध्यक्षतर्फ पनि सोही जिल्लाकी नानीमैया (सम्झना) कार्की निर्वाचित भएकी छिन् ।

महासचिवमा मकवानपुरका कृष्णसारु मगर, सचिवमा सिन्धुपाल्चोकका युवराज पुरी, सचिवमा समावेशीतर्फ दोलखाका जीवन लामा र सिन्धुलीका राजन विक तथा कोषाध्यक्षमा रामेछापका रमेश ढुङ्गेल विजयी भएका छन् ।

खुल्ला सदस्यमा जीवन कुँवर, रामहरि गजुरेल, श्यामप्रसाद खतिवडा, सन्तोष भुजेल र सुदिप शिवाकोटी तथा महिला सदस्यतर्फ अन्जु तामाङ, सम्झना हुँमागार्इं, ज्ञानु श्रेष्ठ र दलित सदस्यतर्फ केशव नेपाली निर्वाचित भएका छन् ।

सदस्यमा आदिवासी जनजातितर्फ काजी श्रेष्ठ र पेमा लामा तथा सदस्य मधेशीतर्फ पवित्रा ढकाल भगत र प्रवीणकुमार दत्त एवं अल्पसङ्ख्यक सदस्यतर्फ निराशी थामी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ९ : ०५ बजे

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।

ह्युमपाइप राखेर नाला–भक्तपुर सडकखण्ड सञ्चालन

काभ्रे– अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ

राहुघाट नदी कटान रोक्न ‘कम्पोजिट’ पर्खाल

म्याग्दी– राहुघाट नदी कटानको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका– ९

गिलको ‘ब्याक टु ब्याक’ शतकले इङ्गल्यान्डविरुद्ध बलियो बन्यो भारत

काठमाडौं – कप्तान शुभमन गिलले फेरि शतक प्रहार गरेपछि भारती