निर्यात प्रवर्द्धनमा सहकार्य गर्न सरकार र निजी क्षेत्र सहमत « Khabarhub

निर्यात प्रवर्द्धनमा सहकार्य गर्न सरकार र निजी क्षेत्र सहमत


२७ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि नीतिगत सुधार गर्दै निर्यात प्रवर्द्धनका लागि साझा प्रयास गर्न सरकार र निजी क्षेत्र सहमत भएका छन् ।

निर्यात व्यवसायी महासङ्घद्वारा आज काठमाडौँमा आयोजित समारोहमा सहभागी नेपाल सरकारका वरिष्ठ मन्त्री एवम् निजी क्षेत्रका प्रतिनिधिले साझा प्रयास गर्ने हो भने आगामी पाँच वर्षभित्र निर्यातलाई साता गुणामा वृद्धि गर्न सकिनेमा जोड दिए ।

नेपाल उपभोक्ता मात्रै नभई उत्पादक र निर्यातक समेत हुनुपर्नेमा साझा धारणा राख्दै त्यसमा सरकारको तर्फबाट सुधार गर्नुपर्ने सबै कानूनी, नीतिगत एवम् प्रक्रियागत झन्झट हटाउने प्रतिवद्धता समेत व्यक्त भएको छ ।

समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको मनोबल बढाएर आर्थिक समृद्धिको मार्गमा सरकार अगाडि बढिरहेको बताए । उनले समृद्धिका लागि निर्यात पनि एउटा महत्वपूर्ण औजार भएकाले सरकारको तर्फबाट आवश्यक सहयोग र सहजीकरण हुने विश्वास दिलाए । उनले महासङ्घको तर्फबाट प्राप्त हुने सुझावलाई कार्यान्वयन गर्न सरकार सदा तयार रहेको समेत बताए ।

मन्त्री पौडेलले निर्यात प्रवर्द्धनका लागि सरकारले के कस्ता विषयलाई सम्बोधन गर्नुपर्ने हो, त्यसको एकमुष्ठ खाका पेश गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । कोभिड महामारीपछि मुलुकको अर्थतन्त्र पुनरोत्थान हुने दिशामा अगाडि बढिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटका भएका कतिपय विषय कार्यान्वयन भएको र केही बाँकी भएका विषय पनि आगामी आवको बजेटमा सम्बोधन गरिने अर्थमन्त्रीको भनाइ थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्यात बढाउनका लागि सरकारले सम्भाव्यताको अध्ययन गरेर योजनावद्ध रुपमा काम गरिरहेको र त्यसलाई अझै विस्तार गर्ने उल्लेख गरे । नेपाल उपभोक्ता मात्रै नभई उत्पादक समेत हुने दिशामा अग्रसर रहेको भन्दै व्यापार तथा वाणिज्यका क्षेत्रमा रहेका समस्यालाई क्रमशः समाधान गर्दै जाने स्पष्ट पारे ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको अधिकतम् उपभोग गर्दै इ–कमर्स तथा इ–विजनेशनको क्षेत्रमा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरे । उनले सरकार डिजिटल नेपालको फ्रेमवर्क बनाएर अगाडि बढिरहेको र छिट्टै डिजिटल पेमेन्ट कम्पनी सञ्चालनमा आउन लागेको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कम्पनीको उद्घाटन गर्नुहुने बताउँदै मन्त्री गुरुङले निर्यात हुने सामानमा गुणस्तरलाई समेत ध्यान दिन अनुरोध गरे ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिस मोरले व्यवसायको प्रवद्र्धन गर्दै निर्यातमूलक उद्योगको विकास र विस्तारका लागि आफूहरु प्रतिवद्ध रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडपछिको अर्थतन्त्रको सुधारका लागि चालु आवको बजेट र मौद्रिक नीतिमा छुटेका विषयलाई आगामी आवमा समावेश गर्न आग्रह गरे । उनले आर्थिक कुटनीतिका माध्यमबाट निर्यात प्रवर्द्धन गर्न र नेपालको प्रतिनिधित्व गरेर विदेशमा जाने कुटनीतिक अधिकारी तथा मिशन प्रमुखलाई सोहीअनुसारको भूमिका दिन र मूल्याङ्कनको आधार बनाउन आग्रह गरे ।

महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले निर्यात बढाउन सरकार र निजी क्षेत्रले लक्ष्य नै निर्धारण गरेर अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  १० : ३२ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र