दार्चुलाको गाउँ बस्तीमा बढ्दै सङ्क्रमण « Khabarhub

दार्चुलाको गाउँ बस्तीमा बढ्दै सङ्क्रमण


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– तराई क्षेत्रमा मात्र होइन, दार्चुलाको ग्रामीण बस्तीसम्म कोरोनाको सङ्क्रणम फैलिएको पाइएको छ । एक सातायता परीक्षण गरिएका नमूनामध्ये अधिकांशमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको छ । यसको असर सर्वसाधारण, जनप्रतिनिधि र कर्मचारीसमेतमा परेको छ ।

“रुघाखोकीको लक्षण देखिएका, ज्वरो आउने र टाउको दुख्ने भएका बिरामीको नमूना परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिन थालेका छ”, अपिहिमाल गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले भने, “गाउँका हरेक बस्तीसम्म सङ्क्रमित भेटिँदैछन् । अहिले गाउँपालिकाका वडा नं १, २, ३, ४ र ५ मा नमूनाका रूपमा एन्टिजेनमार्फत कोरोनाको परीक्षण गरिँदैछ । स्थिति भयावह नै छ, सावधानी अपनाउनुको विकल्प छैन ।”

वडा नं ६ का वडाध्यक्ष गामसिंह धामीका अनुसार गाउँमा रुघाखोकी लागेर सिटामोल खानुको विकल्प छैन । उनले गाउँमा रुघाखोकीका बिरामी घरघरमा रहेको तर अहिलेसम्म परीक्षण नगरिएको बताए । वडा नं ६ स्थित आधारभूत स्वास्थ्यचौकी प्रमुख धनराज जोशीले दैनिक ८/१० भाइरलका बिरामी स्वास्थ्य संस्थामा आउने गरेको बताए । उनले भने, “तिनीहरूको कोरोना परीक्षण गरिएको छैन तर रुघाखोकीले समस्यामा परेका धेरै छन् ।”

गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालसहित १२ जनामा अहिलेसम्म कोरोना सङ्क्रमण देखिएको छ । गाउँपालिकामा पर्याप्त मात्रामा एन्टिजेन किट नहुँदा सबैको परीक्षण गर्न नसकिएको गाउँपालिकाले जनाएको छ । “स्वाब परीक्षण गर्ने भिटिएम वा एन्टिजेन किट पर्याप्त भयो भने सबै ठाउँमा पर्याप्त गर्न मिल्थ्यो”, अध्यक्ष मन्यालले भने, “स्वास्थ्य कार्यालयबाटै थोरै मात्र एन्टिजेन र भिटिएम पठाइएकाले नमूनाका रूपमा परीक्षण गर्दैछौँ ।”

थप १६ कोरोना सङ्क्रमित भेटिए

दार्चुलामा वैशाख १५ गतेयता कोरोना सङ्क्रमितको सङ्ख्या बढदै गएको छ । शनिबार मात्रै जिल्लाका विभिन्न क्षेत्रमा गरिएको एन्टिजेन परीक्षणमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको महाकाली नगरपालिकाअन्तर्गत पर्ने पुलघाट नाकामा सात, जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा तीन/तीन, मालिकार्जुनमा दुई तथा दुहुँ गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना फोकल पर्सन वीरेन्द्रराज भट्टले जानकारी दिए ।

अहिलेसम्म महाकाली नगरपालिकामा सबैभन्दा बढी ७६, शैल्यशिखर नगरपालिकामा २१, लेकम गाउँपालिमा १७ र अपिहिमाल गाउँपालिकामा १२ कोरोना सङ्क्रमित रहेका छन् । यस्तै मालिकार्जुन गाउँपालिकामा आठ, नौगाड गाउँपालिकामा दुई, मार्मा गाउँपालिकामा १९ तथा दुहुँ गाउँपालिकामा सात गरी १६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ ।

कोरोना सङ्क्रमित देखिएकामध्ये हालसम्म जिल्लामा एक पुरुष र एक महिला गरी दुईको मुत्यु भएको छ भने जिल्लाबाहिर उपचारका क्रममा तीन गरी जिल्लाका पाँच नागरिकको कोरोना सङ्क्रमणबाट मुत्यु भएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १२ : २५ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको