नातिनातिनाले गर्छन हजुरबुवा/हजुरआमाको डिप्रेसनको उपचार « Khabarhub

नातिनातिनाले गर्छन हजुरबुवा/हजुरआमाको डिप्रेसनको उपचार


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय वृद्धहरुमा डिप्रेसन हुने गरेको पाइएको छ । परिवारका सदस्य सबै कामकाजकालागि बाहिर जादाँ दिनभर घरमा एक्लै हुदाँ र काममा गएकाहरु पनि घरमा फर्केपछि उनीहरुसँग समय नबिताउदा वृद्धहरुमा डिप्रेसन हुने गर्दछ । अझ वृद्ध एकल पुरुष वा महिलामा यो समस्या बढि मात्रामा हुने गर्दछ ।

वृद्धहरुमा हुने डिप्रेसनको समाधान वा उपचारमा भने नातिनातिना सहायक हुने गर्दछन् । एक अनुसन्धान अनुसार, घरमा आफ्ना नातिनातिना भएका वृद्ध हजुरबुवा हजुरआमाहरुमा डिप्रेसनको समस्या अत्यन्त कम पाइएको छ । नातिनातिनासंग घनिष्ठ सम्बन्ध राख्ने वृद्धहरु डिप्रेसनबाट मुक्त हुने देखिएको छ ।

अमेरिकाको बोस्टन कलेजस्थित समाजशास्त्र विभागद्वारा गरेको अध्ययनमा आफ्ना नातिनातिनासँग खेल्ने, रमाइलो गर्ने पाकाहरूको मानसिक स्वास्थ्यमा यस्तो दिनचर्याको सकारात्मक प्रभाव पार्ने गर्छ । जसका कारण उनीहरुमा डिप्रेसन हुन पाउँदैन ।

वृद्धमा हुने डिप्रेसन हटाउन नातिनातिना सानै हुनुपर्छ भन्ने छैन । जुनै उमेरका भए पनि उनीहरूसँग हाँसखेल गर्न सकेमा, नातिनातिनासँग रमाउनेहरूमा उमेर बढ्दासमेत हौसला, उत्साह, उमंग गुम्न पाउँदैन । जसका कारण उनीहरुमा डिप्रेसन हुन नपाउने अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ११ : ४४ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड