जसपाका नेताले कांग्रेस सभापतिलाई भने– हामी तटस्ठ बस्छौँ « Khabarhub

जसपाका नेताले कांग्रेस सभापतिलाई भने– हामी तटस्ठ बस्छौँ


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का नेताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीले लिने विश्वासको मतका विषयमा आफूहरु तटस्थ रहने बताएका छन् ।

देउवा निवास बुढानिलकण्ठमा आज भएको भेटमा जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले कतै पनि मत नदिने र तटस्थ बस्ने बताएका छन् ।

छलफलका लागि आफ्नो निवासमा बोलाएका देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन र नयाँ सरकार गठनका लागि आफूलाई साथ दिन आग्रह गरेका थिए ।

देउवासँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जानकारी दिँदै नेता महतोले प्रधानमन्त्रीले भोलि लिने विश्वासको मतका सन्दर्भमा कुराकानी भएको बताए । उनले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न आग्रह गरेको भन्दै आफूहरुले विश्वासको मतको पक्षमा नजाने विगतमा उठाएको मागको सम्बोन नभएको बताएका थिए ।

अहिले आफ्नो पार्टीको एकतालाई पनि जोगाउन पनि यस विषयमा आफूहरु तटस्थ बस्ने महतोले बताए । उनले आजै शीर्ष नेताबीचको छलफलले आवश्यक रणनीति तयार पार्ने जानकारी दिए । ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १ : २७ बजे

कक्रोच जनता पार्टीका नेताहरू प्रहरी हिरासतमा

नयाँदिल्ली – भारतमा मतदाता सूचीमा हेरफेर भएको आरोप लगाउँदै निर्वाचन

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको