स्थानीय तहले शिक्षकलाई दु:ख दिए– शिक्षक महासंघ « Khabarhub

स्थानीय तहले शिक्षकलाई दु:ख दिए– शिक्षक महासंघ


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल शिक्षक महासंघले कोरोना महामारीको समयमा पनि शिक्षक कर्मचारीहरुलाई अनिवार्य विद्यालय उपस्थित हुन उर्दी जारी गर्ने काम तत्काल बन्द गर्नुपर्ने माग राखेको छ ।

केही स्थानीय तहले विद्यालय बन्द भएपनि शिक्षक कर्मचारीहरु आवश्यक्ता अनुसार अनिवार्य उपस्थित हुनुपर्ने निर्णय गरेपछि शिक्षक महासंघले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने माग राखेको हो ।

कोरोना विरुद्दको खोप नलगाएसम्म विद्यालय नजानसमेत महासंले आग्रह गरेको छ ।

त्यस्तै कोरोनाका कारण ज्यान गुमाउने नेपाल शिक्षक महासंघका सदस्य शिक्षकका परिवारलाई संघीय कार्यसमितिको तर्फबाट तत्कालका लागि दश हजार रुपैयाँ उपलब्ध गराइने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा संक्रमित शिक्षकका लागि निःशुल्क र सुलभ स्वास्थ उपचारको प्रवन्ध गर्नुपर्ने, स्वास्थ्य सुरक्षाको विमा गर्नुपर्ने लगाएतका विभिन्न माग राखिएको छ ।

कोरोनाको विषम परिस्थितिका कारण घरमै बस्न बाध्य बालबालिकाहरुमा नकारात्मक प्रभाव पर्न नदिनका लागि नेपाल शिक्षक संघले विगतमा सञ्चालन गरी प्रभावकाररी प्रमाणित भएको ‘घरघरमा विद्यालय अभियान’ समयाअनुकूल परिमार्जनसहिच सञ्चालन गर्न महासंघले सबै शिक्षकमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १ : ५९ बजे

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)