स्थानीय तहले शिक्षकलाई दु:ख दिए– शिक्षक महासंघ | Khabarhub Khabarhub

स्थानीय तहले शिक्षकलाई दु:ख दिए– शिक्षक महासंघ


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल शिक्षक महासंघले कोरोना महामारीको समयमा पनि शिक्षक कर्मचारीहरुलाई अनिवार्य विद्यालय उपस्थित हुन उर्दी जारी गर्ने काम तत्काल बन्द गर्नुपर्ने माग राखेको छ ।

केही स्थानीय तहले विद्यालय बन्द भएपनि शिक्षक कर्मचारीहरु आवश्यक्ता अनुसार अनिवार्य उपस्थित हुनुपर्ने निर्णय गरेपछि शिक्षक महासंघले शनिबार विज्ञप्ति जारी गर्दै यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने माग राखेको हो ।

कोरोना विरुद्दको खोप नलगाएसम्म विद्यालय नजानसमेत महासंले आग्रह गरेको छ ।

त्यस्तै कोरोनाका कारण ज्यान गुमाउने नेपाल शिक्षक महासंघका सदस्य शिक्षकका परिवारलाई संघीय कार्यसमितिको तर्फबाट तत्कालका लागि दश हजार रुपैयाँ उपलब्ध गराइने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा संक्रमित शिक्षकका लागि निःशुल्क र सुलभ स्वास्थ उपचारको प्रवन्ध गर्नुपर्ने, स्वास्थ्य सुरक्षाको विमा गर्नुपर्ने लगाएतका विभिन्न माग राखिएको छ ।

कोरोनाको विषम परिस्थितिका कारण घरमै बस्न बाध्य बालबालिकाहरुमा नकारात्मक प्रभाव पर्न नदिनका लागि नेपाल शिक्षक संघले विगतमा सञ्चालन गरी प्रभावकाररी प्रमाणित भएको ‘घरघरमा विद्यालय अभियान’ समयाअनुकूल परिमार्जनसहिच सञ्चालन गर्न महासंघले सबै शिक्षकमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १ : ५९ बजे

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा- रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नम्बर ३ रिमिघा

अल्काराजलाई फ्रेन्च ओपनको उपाधि

काठमाडौं – कार्लोस अल्काराजले फ्रेन्च ओपन टेनिसको उपाधि रक्षा गरेका

गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट

पाल्पा– गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवालाले जोड दिएका छन्

यी प्रदेशमा चट्याटङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या