एउटै सिलिन्डरबाट तीन जनाको उपचार ! « Khabarhub

एउटै सिलिन्डरबाट तीन जनाको उपचार !


२६ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– देशभर कोरोना संक्रमित बढेसँगै अक्सिजन अभाव चुलिन थालेको छ । अक्सिजन अभावकै कारण अब एकै सिलिन्डरले धेरै बिरामीको उपचार गर्नुपर्ने अवस्था आएको छ ।

कपिलवस्तुको तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा पनि अक्सिजन अभाव भएपछि एकै सिलिन्डरबाट सामूहिक उपचार थालिएको छ ।

अक्सिजनसहित उपचारमा आवश्यक उपकरण अभाव हुन थालेको छ । अस्पतालमा अक्सिजनको अभावमा बिरामी समस्यामा परेका छन् । अस्पतालमा एउटै सिलिन्डरबाट दुई–तीन जना सम्मलाई उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले जानकारी दिए ।

कपिलवस्तु नगरपालिका र स्वास्थ्य कार्यालयको पहलमा तौलिहवाको जमुवार टोलमा स्थापना गरिएको २० शय्या (बेड) को कोरोना अस्थायी अस्पतालमा सङ्क्रमित बिरामीहरु राख्ने ठाउँ नभएपछि कपिलवस्तु अस्पतालमै बिरामी राखेर उपचार थालिएको छ।

स्थानीय सरकारले अस्पतालमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न नसकेपछि अक्सिजन बैंक स्थापनाका लागि स्थानीय युवाको अग्रसरतामा अभियान शुरू गरिएको छ ।

कपिलवस्तुमा अहिले झन्डै नौ सय जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमणबाट ६४ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  २ : १२ बजे

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा

प्रशासनिक सुधारमा कठोर बन्दै सरकार : के भन्छन् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार ?

काठमाडौँ – सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका